logo

ट्राफिक व्यवस्थापनमा चाहिने सबै सहयोग प्रदान गर्ने नगरप्रमुख सरावगीको प्रतिबद्धता

      12/3/2018 गते 00 00 मा प्रकाशित     590   पटक पढिएको

वीरगन्ज, १७ मंसीर ।
वीरगन्ज महानगरपालिकाको ट्राफिक व्यवस्थापनबारे सरोकारवालाहरुवीच गम्भिर छलफल भएको छ ।

 

वीरगन्ज महानगरपालिकामा सम्पन्न भएको छलफल कार्यक्रममा ट्राफिक व्यवस्थापनमा चाहिने आवश्यक सबै सहयोग महानगपालिकाले प्रदान गर्ने नगर प्रमुख विजय कुमार सरावगीले प्रतिवद्धता ब्यक्त गरेका छन ।

 

छलफलमा उनले वीरगन्जको घन्टाघरमा चाहिने डिजिटललाइट तथा विभिन्न वोर्डहरुको व्यवस्थापनको लागि विभिन्न औधोगिक तथा अन्य दातृसंस्थाहरुबाट व्यवस्थापन गराउने आश्वासन समेत दिएका छन ।

 

कार्यक्रममा वीरगन्ज महानगरपालिकामा चल्ने सवारी साधनहरुको लागि विभिन्न र्पािकङहरुको स्थलगत अवलोगकन गरी प्रतिवेदन पेश गर्न ६सदस्सीय समिति गठन गरिएको छ ।

साथै विभिन्न स साना सवारीहरुको रुट व्यवस्थापन,साइकल ,मोटरसाइकल लगायत साना सवारी गाडीहरुको स्टेन्ड व्यवस्थापन लगायतको बिषयमा समेत छलपल भएको थियो ।

 

छलफल कार्यक्रममा वीरगन्ज महानगरपालिकाका  ,प्रमुख प्रशासकिय अधिकृत डा भीष्मकुमार भूसाल,जिल्ला प्रहरी कार्यालय पर्साका प्रमखु प्रहरी उपरिक्षक रेवती ढकाल, ट्राफिक प्रहरी उपरिक्षक किरण बज्राचार्य,ट्राफिक प्रहरी निरिक्षक राजु कुमार सिह,संचारकर्मि महेश दास लगायत युवा तथा बुद्धिजिविहरुको उपस्थिती रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.