logo

मानव सेवा आश्रममा निशुल्क स्वास्थ्य शिविर सम्पन्न      

      12/18/2018 गते 00 00 मा प्रकाशित     720   पटक पढिएको

                                
वीरगन्ज ३ पुष ।
बीरगंज युवा समाजको आयोजनमा मानव सेवा आश्रममा आज निशुल्क स्वास्थ्य शिविरको सम्पन्न भएको छ । आश्रममा आश्रय लिइरहेका ब्यक्तिहरुकोलागि शिविरको आयोजना गरिएको हो ।

 

शिविरमा स्वासथ्य परिक्षण गर्नुका साथै उनीहरुलाई निशुल्क औषधी उपलब्ध गराइएको थियो । 


शिविरमा डा. लक्ष्मी थापा,डा.मनोज गुप्ता,डा मनोज उपाध्याय र डा निरज सिंहले आश्रममा आश्रय लिइरहेका ब्यक्तिहरुको स्वास्थ्य परिक्षण गरेका थिए ।


कार्यक्रमा बीरगंज महानगरका प्रमुख प्रशासकीय अधिकृत डा.भिष्म भूषाल, नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लामिछाने पत्रकार महेशचन्द्र गौतम प्रकृति संस्थाका अध्यक्ष जसपाल सिंह सामाजिक अभियान्ता प्रकाश थारु ओम प्रकाश सर्राफ मानव सेवा आश्रमका देवेश गुप्ता लगायतले मानवी सेवाको बिभिन्न पक्षका बारेमा चर्चा गरेका थिए । 


कमल चौगाईको अध्यक्षतामा भएको कार्यक्रमको संचालन समाजका सभिव हेमन्त तमाङले गरेका थिए । कार्यक्रममा समाजका अन्य पदाधिकारहरुको पनि सहभागिता रहेको थियो ।

 

समाजको तेश्रो अधिवेशनले निर्वाचित गरेको कार्यसमितिले आफनो पहिलो काम मानव सेवा आश्रमका स्वास्थ्य शिविरको आयोजना गरेर प्रारम्भ गरेको हो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.