logo

मेलमिलापकर्ताकालागि पटेर्वा सुगौलीमा तालिम प्रारम्भ

      12/20/2018 गते 00 00 मा प्रकाशित     1004   पटक पढिएको

वीरगंज, ५ पौष ।
पटेर्वा सुगौली गाउँपालिकाका न्यायिक समितिका मेलमिलापकर्ताहरुको लागि मेलमिलाप सम्बन्धि ८ दिने तालिम बिहिवार देखी परवानीपुरमा सुरु भएको छ ।

 

मानव अधिकार तथा सामुदायिक विकास प्रतिष्ठान नेपाल पर्साको प्राविधिक सहयोगमा र पटेर्वा सुगौली गाउँ कार्यपालिका कार्यालयको आयोजनामा कृषि अनुसन्धान केन्द्र परवानीपुरमा तालिम सुरु भएको हो ।

 

तालिममा न्यायिक समितिको कार्यविधि र अधिकार क्षेत्रका बिषयमा छलफल हुने बताइएको छ । सम्बैधानिक रुपमा स्थानीय तहलाई मुद्धा ममिलाका सम्बन्धमा दिइएको अधिकार प्रयोग गरि शान्ति कायम गर्न सहज हुने उद्धेश्यले तालिमको संचालन गरिएको न्यायीक समिति संयोजक गाउँपालिका उपप्रमुख ममता महतोले बताइन ।

 

स्थानीय रुपमा मेलमिलापका माध्यमले शान्ति निर्माणमा योगदान पुग्ने गरि मेलमिलापकर्ताको सीप बिकास गर्न  तालिम आयोजना गरिएको प्रमुख प्रशासकिय अधिकृत सरोज कुमार चौधरीले वताए ।

 

८ दिन सम्म चल्ने तालिममा प्रतिष्ठानका पर्सा संयोजक हरेराम ठाकुर र अधिवक्ता हरेराम सरार्फले प्रशिक्षण दिने छन  । तालिममा गाउँपालिका स्तरिय न्यायिक समितिका पदाधिकारी, वडा स्तरिय मेलमिलापकर्ता, वडाध्यक्ष लगायत ३० जनाको सहभागिता रहेको छ  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.