logo

समायोजन अध्यादेश सच्याउन निजामती कर्मचारीको माँग

      12/20/2018 गते 00 00 मा प्रकाशित     1061   पटक पढिएको

वीरगंज, ५ पुस ।
पर्साका निजामती कर्मचारीहरुले समायोजन अध्यादेश २०७५ सच्याउन ४८ घण्टे अल्टीमेटम दिएका छन ।

 

उनीहरुले  पर्साका प्रमुख जिल्ला अधिकारी नारायण भट्टाराई मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संघियमामीला तथा सामान्य प्रशासन मन्त्रालयलाई बिहीवार ज्ञापन पत्र बुझाउदै कर्मचारी समायोजन अध्यादेश ४८ घण्टा भित्र सच्याउन मांग गरेका हुन ।

 

४८ घण्टा भित्र सच्याउन काम नगरेमा पर्साका सम्पूर्ण कर्मचारीहरु आन्दोलित हुन बाध्य हुने र सोको जिम्मेवारी सरकार स्वयम हुने नेपाल निजामती कर्मचारी संगठन पर्साका अध्यक्ष अमित कुमार गिरीले वताए ।

२०७५ मंसिर २३ गते जारी गरिएको कर्मचारी समायोजन अध्यादेश २०७५ ले गरेका व्यवस्थाहरु नेपालको संविधानको मर्म र भावन एंवम निजामती सेवा ऐन २०४९ को दफा ५८ को सेवा शर्त र सुरक्षा सम्बन्धि व्यवस्थाको प्रतिकुल एंवम प्राकृतिक न्यायको सिद्धान्तको बिपरित भएको भन्दै अध्यक्ष गिरीले सच्याउन माँग गरेका हुन ।

 

समग्र मुलुकको भाग्य र भविस्य निर्माणमा अहोरात्र खटिरहेका कर्मचारीहरुलाई अन्याय  गर्ने गरि समायोजन अध्यादेश आएकोले त्यसलाई सच्याउनु पर्ने पटेर्वा सुगौली गाउँपािलकाका प्रमुख प्रशासकीय अधिकृत सरोज चौधरीले वताए ।

 

सेवा सर्त परिवर्तन गरि प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरु  निश्चित मापदण्डका अधकार संघमा सरुवा तथा बढुवा हुन् पाउने ब्यवस्था गर्न उनीहरुले माँग गरेका छन । 

 

नेपाल निजामती कर्मचारी संगठन, पर्साको अगुवाईमा अधिकारीक कर्मचारी ट्रेड युनियन, पर्साका अध्यक्ष सुबेदार यादव, कर्मचारी संगठन पर्साका सचिव सुमन यादव, जगरनाथपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राज कुशवाहा, कालिकामाई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्देश यादव, विन्दवासिनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुजित साह, वीरगंज महानगरपालिकाका शाखा अधिकृत बविता जैसवाल, रिमा साह लगायतका कर्मचारीहरुको उपस्थित रहेको थियो । ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी भट्टाराईले कर्मचारीहरुको मांग जायज रहेको र सम्बन्धीत ठाउँमा ज्ञापन पत्र  पठाउने वताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.