logo

बीरगंजमा माघी महोत्सव भब्य रुपमा सम्पन्न

      1/15/2019 गते 00 00 मा प्रकाशित     1190   पटक पढिएको

वीरगंज, १ माघ ।
माघे सङ्क्रान्ति तथा थारु सम्बत् २६४३ औंको अवसरमा बीरगंजमा माघी महोत्सव रुपमा सम्पन्न भएको छ । थारु समुदायको भेष भूषामा सजिएका युवा युवतीको सहभागीतामा  वीरगंजको घण्टाघरबाट ¥याली निस्किएको थियो ।  शहरको परिक्रम गरि र्याली  वीरगंजको आदर्शनगर स्थित रहेको स्वीमिङ्ग पुलमा पुगी समाहरोहमा परिणत भएको थियो ।

 

 महोत्सवमा सांस्कृतिक कार्यक्रमको साथै थारु समुदायको विभिन्न खानाको परिकार समेत राखिएको थियो । वीरगंजका विभिन्न विद्यालयमा अध्ययनरत छात्र÷छात्राहरुले थारु समुदायको पहिचान झल्कने खालको नृत्य तथा गीत प्रस्तुत गरेका थिए ।

 

समाहरोहमा बोल्ने वक्ताहरुले थारु समुदायले शिक्षामा ध्यान दिनु पर्नेमा जोड दिएका थिए । माघी मुल समाहरोह समितिका संयोजक एवं मेलमिलाप थारु परिवारका अध्यक्ष मनोज कुमार चौधरीको अध्यक्षतामा र सुबलाल भगत उच्च मा.वि. रौतहटका जग्गा दत्ता परिवारका प्रतिनिधि अखिलेश्वर चौधरीको प्रमुख आतिथ्यतामा समाहरोह भएको थियो ।

 

समाहरोहमा जनकपुर उच्च अदालतको अस्थायी इजलाश बीरगंजका न्यायधीश सत्यमोहन जोशी पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टाराई, नेपाल पत्रकार महासंघ प्रदेश नं .२ का उपाध्यक्ष के.सी. लामिछाने, पर्सागढी नगरपालिका मेयर लोकनारायण यादव, उप मेयर अर्चना चौधरी, पटेर्वा सुगौली गाउँपालिकाका उपाध्यक्ष ममता महतो   उपाध्यक्ष ममता महतो, गण्डक हस्पिटलका संचालक रहबर अंसारी, नेशनल मेडिकल क्लेजका संचालक बसरुदिन अंसारी,बिकास चौधरी ,अमय दास  पर्साका अध्यक्ष श्याम बंजारा, आदवासी जनजाती पत्रकार महासंघ प्रदेश नं . का इन्चार्ज निरज पिठाकोठे मगर लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।


कार्यक्रममा बिभिन्न क्षेत्रमा योगदान पु¥याउने संस्था तथा ब्यक्तिलाई सम्मान गरिएको थियो । बारा पर्सामा बिद्यालय निर्माणकालागि जग्गा दान दिने दाता परिवारलाई समेत सम्मान गरिएको थियो । कार्यक्रमको अवसरमा महोत्सव स्थलमा रक्तदान कार्यक्रम पनि गरिएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.