logo

नेपालमा पहिलो पल्ट अश्वमेध गायत्री महायज्ञ वीरगन्जमा हुने 

      1/16/2019 गते 00 00 मा प्रकाशित     1356   पटक पढिएको

वीरगन्ज २ माघ ।
नेपालमा पहिलो पल्ट अश्वमेध गायत्री महायज्ञ हुने भएको छ । अश्वमेध गायत्री महायज्ञ बारे जानकारी गराउन अखिल विश्व गायत्री परिवार वेदमाता गायत्री शक्ति पीठका संयोजक एव वीरगन्ज महानगरपाकिलाका मेयर विजय कुमार सरावगीले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी राष्ट्रलाई सक्षम, समर्थ एवं समृद्ध बनाउनको लागि पहिलो पल्ट यज्ञ गर्न लागिएको बताए । 


उनले यज्ञले प्रकृतिको चक्रलाई नियमित गर्न, शारीरिक, मानसिक रोगव्याधिको उपचार गर्न सक्ने बताए । वैज्ञानिक ढंगले संचालन हुने यस यज्ञबाट जल, थल, वायु, आकाश, महाभुतहरुको शुद्धिकरण हुन्छ उनले भने यज्ञबाट तयार हुने सात्विक वातावरणले मानिसको आध्यात्मिक विकासमा अत्यन्त फलदायी हुने छ । 


यज्ञको उदघाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम रहेको छ  । राष्ट्रपतिबाट मौखिक रुपमा अनुमति पाईसकेको छ मेयर सरावगीले भने ४—५ दिन भित्र लिखित अनुमति पाएपछि राष्ट्रपतिले नै फाल्गुन १९ गते अश्वमेध गायत्री महायज्ञको उदघाटन गर्नुहुने छ । २ करोड भन्दा बढीको लागतमा यज्ञको आयोजना गर्न लागिएको हो । यसको लागि यही माघ ७ गते वीरगन्जको आर्दशनगर स्थित आर्दशनगर रगंशालामा भूमि पुजन हुने भएको छ । 

 


यज्ञमा सहभागि हुने ४—५ लाख व्यक्तिलाई हवन गर्न २५१ कुण्डीय भव्य यज्ञशाला र देव सस्कृतिलाई दर्शाउने एउटा विशेष प्रदर्शनी निर्माण गरिने छ । शान्तिकुञ्ज हरिद्धारका विशेष पुरोहित तथा साधकहरु द्धारा तीन दिनसम्म हवन यज्ञ र १२ प्रकारका निशुल्क संस्कार हुने उनले बताए ।

 

महान आध्यात्मिक संत तथा देशभरीबाट मानिसहरुको समागम र यज्ञ सवैका लागि पूर्णतः निशुल्क हुनेछ, यदी स्वैच्छिक दान मात्र स्वीकृत हुने शक्तीपीठका संयोजक सरावगीले बताए । २४ जडिबुटी र ध्यूवाट मिश्रित हवनमा उत्पन्न हुने वायुले गर्दा ४० किलोमिटर सम्म वातावरण प्रर्दुशन मुक्त हुने वैज्ञानिक मान्यता समेत रहेको उनले बताए । 

 


  गायत्री यज्ञ धार्मिक मात्र होइन वैज्ञानिक अध्यात्मिक यज्ञ हो, यसले समग्र देश समाजको सुख, शान्ति र समृद्धिलाई बृद्धि गराउने उदेश्यका साथ गरिने विशेष आध्यात्मिक प्रयोग हो उनले भने यस यज्ञले देशको वातावरणलाई सूक्ष्म रुपमा शुद्ध पार्न मद्दत गर्छ । सामुहिक रुपमा जन जागरण गरेर निदाएर बसेका प्रतिभालाई जगाउन र जागृत प्रतिभालाई सभ्यता संस्कृतिको उत्थानमा नियोजन गर्नका लागि अश्वमेध एउटा सशक्त माध्यम पनि रहेको उनले बताए । 


 फाल्गुन १९ गते शुरु भई २२ गते सम्म चल्ने ४ दिने यस यज्ञमा भारत नेपालका गरी करिब ५ लाख भन्दा बढीको सहभागिता हुने छ । यज्ञमा दैनिक ६० हजार व्यक्ति एक हवन गर्न सकिने सम्पूर्ण व्यवस्था मिलाएको मेयर सरावगीले बताए । यज्ञमा सहभागि हुन आउने भारतीय एव अन्य देशबाट पाल्नु हुने पर्यटकको लागि खाना, बस्ने सुविधा समेत शक्तीपीठले मिलाएको छ । आध्यात्मिक ज्ञान दिन यज्ञ अवधि भर २० वटा भन्दा बढी कार्यशाला गोष्ठीको आयोजना गरिने छ ख्यातिप्राप्त प्रशिक्षकहरुले प्रशिक्षण समेत दिनुहुने छ । 


 यज्ञ सफल बनाउन नेपाल सरकारले १ करोड रुपैया अनुदान दिने बताउदै मेयर सरावगीले महानगरपालिकाले पनि ३० रुपैया बजेट छुट््याएको जानकारी समेत गराए । यज्ञ सफल बनाउन ३ हजार कार्यकर्ता स्वयसेवक, २ हजार सुरक्षाकर्मी, विभिन्न ठाउमा २५ भन्दा बढी महिला, अपाङ्ग मैत्रि घुम्ती शौचालय स्थापना, यज्ञमा सहभागि हुने पर्यटकका लागि बसोबास गर्न १२ हजार अवासको व्यवस्था मिलाएको मेयर सरावगीले बताए ।

 

पहिलो दिन विभिन्न झाकी सहित ५१ सय कलश यात्रा वीरगन्ज नगरमा परिक्रममा गरिने छ । पुरै विश्वमा १३ करोड सदस्य रहेको गायत्री समाजले १०८ स्थानमा अश्वमेध यज्ञ गर्ने लक्ष्य लिएको छ ।


यञलाई संचार क्षेत्रबाट संयोजन गर्नकालागि पत्रकार महेश दासको संयोजक रहने गरि एउटा समति बनेको छ समितिको सह संयोजकमा अनिल तिवारी सदस्हरुमा के.सी.लामिछाने गोविन्द देवकोटा भूषण यादव क्रान्ति साह शेखर छत्कुली ओम प्रकाश खनाल रितेश त्रिपाठी लगायतका पत्रकारहरु रहेका छन

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.