logo

समाचार संकलनकालागि गएका पत्रकार माथि लाठी चार्ज

      1/24/2019 गते 00 00 मा प्रकाशित     864   पटक पढिएको

वीरगन्ज , १० माघ ।
तिलावेपुलमा गरिएको सडक जामको समाचार संकलनकालागि गएका पत्रकारलाई प्रहरीले दुब्र्यवहार गरेको छ । सडक जाम गरेर अवरोध सृजना गर्नेहरुलाई प्रहरीले लाठी चार्ज गरेर तितर बितर पार्दै गरेको दृष्य संकलन गर्ने क्रममा पत्रकार माथी प्रहरी आइलागेको थियो ।

 

प्रहरी हस्तक्षेपको दृश्य कैद गरिरहेको जनता टिभीका पर्सा संवादाता श्याम कुशवाहा, टिभी टुडेका प्रतिनिधि उमेश दुबे, प्राइम टिभीका संवादाता आरोहन साह, स्थानीय एनपी डेलीका दीपक चौरसियामाथि प्रहरीले लाठी प्रहार गरेको थियो 


घट्नापछि नेपाल पत्रकार महासंघ पर्साको अगुवाईमा जिल्ला प्रहरी कार्यालय पर्सामा पुगेका पत्रकारहरुले शुक्रवार बिहानसम्म कारवाही नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारीले बताए । प्रहरी नायब उपरीक्षक मानबहादु राई नेतृत्वमा रहेको टोलीभित्रका प्रहरी हवलदार हरेराम महतोले पत्रकारउपर लाठी चलाएका थिए ।

 

पर्सा प्रहरीले गएराति बीरगन्ज पोखरिया सडक खण्डको तिलावे पुल बाट नियंत्रणमा लिइएको केराउ लोड भएको ट्रकको नक्कली मुचुल्का गरेको भन्दै विरुद्धमा व्यवसायीले प्रदर्शन गरेका हुन । 


पर्साको मुख्य मार्गको रुपमा रहेको पदम रोड अवरुद्धगरि व्यवसायीले प्रदर्शन गर्दा प्रहरीले बल प्रयोग गरेको हो । प्रहरीले सडकमा अवरोध सृजना गर्ने केहीलाई गिरफ्तार गरेको छ । 


 विन्दवासिनी गाउपालिका वडा नंबर ४ का  उतम तिवारी भनिने निरंन्जन तिवारी , चिन्टु भनिने शंकर पुकार तिवारी ,सोनालाल साह , रवी गुप्ता , दामोदर तिवारी ,संतोष गुप्ता र नवलकिशोर साहलाई गिरफ्तार गरेको छ ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.