logo

बेरोजगारी अन्त्यकालागि कृषिमा लगानी गरौः मंत्री खनाल

      1/25/2019 गते 00 00 मा प्रकाशित     1015   पटक पढिएको

माघ ११ बीरगंज । 
कृषि तथा पशुपन्छि  विकास मन्त्री चक्रमणी खनालले  देशको समृद्धिकोलागि कृषि क्षेत्रको बिकास अनिवार्य शर्त भएको बताएका छन । 

बाराको परवानिपुरमा नेपाल ककम्युनिष्ट पार्टीको प्रदेश २ को संसदीय दलले आयोजना गरेको कृषिको आधुनिकीकरणमा तीनै तहको सरकारको भूमिका’ विषय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले  कृषिमा आवश्यक बजेटको ब्यवस्था गर्न सके बढ्दो बेरोजगारी समस्या हल हुने बताए । 

 


नेपालको ठुलो जनसंख्या कृषिमा  निर्भर भएपनि केन्द्र सरकारले कृषि क्षेत्रमा छुट्याउने बजेटको मात्रा अत्यन्त  न्यून भएको उनको टिपपणी थियो । 

 

नेपाल सरकारको चालु आर्थिक  वर्षको कुल बजेट १३ खर्ब  १५  अर्व  १६ करोड १७ लाख रहेको छ  भने यसमध्ये कृषि  क्षेत्रमा  ७९ अर्व ५३ करोड बजेट  विनियोजन गरेको छ ।   नेपालमा सय जनामा  ६६ जनाले  कृषि पेशालाई मुख्य पेशा बनाएका छन् । 

 

प्रदेश नं २ मा भने  ८५ प्रतिशत जनसंख्या पूर्ण रुपमा कृषिमा निर्भर रहेको छ तर , केन्द्र  सरकारले भने  कुल बजेटको २ं दशमलव ५ प्रतिशत  मात्रै बजेट  कृषि क्षेत्रमा विनियोजन  गर्नु अत्यन्त दुखद भएको मन्त्री खनालको टिप्पणी रहेको छ ।


मंत्री खनालले नेपाल सरकारको मातहतमा रहेको अनुसन्धान केन्द्रहरु निदाएको अवस्थामा रहेको चित्रण गर्दै उनले निजी क्षेत्रको लगानीमा खुलेका अनुसन्धान केन्द्रको तुलनामा सरकारी स्वामित्वमा रहेका केन्द्रमा काम गर्ने क्रमचारीहरुले जागिर खाने मात्र काम गरेको र जनतासम्म पुग्न नसकेको भन्दै असन्तोषा जनाए ।

 

मन्त्री खनालले नेपालमा कुल कृष्क ६६ प्रतिशत र प्रदेश नम्बर २ मा ८५ प्रतिशत रहेपनि नेपाल सरकारको लगानि २ दशमलव ५ प्रतिशत मात्र रहेको प्रति चिन्ता ब्यक्त गर्दै यसलाई बढाए मात्र कृषि पेशालाई मर्यादित बनाउने सकिने जानकारी दिनुभयो ।

 
उहाँले प्रदेश नम्बर २ को सरकारलाई ब्यङ्ग गर्दै ५० प्रतिशत बजेटपनि खर्च गर्न नसक्नेलाई थप बजेट दिन आवश्यक नरहेको बताउनुभयो ।
प्रदेश नम्बर २ का सहकारी मन्त्री शैलेन्द्र साहले यस मुलुकको किसानले आफुलाई अझैपनि प्रतिष्ठित ब्यक्तीको रुपमा चिनाउन नसक्दा कृषि पेशाको विकास हुन नसकेको बताउनुभएको छ ।

उहाँले प्रदेश नम्बर २ लाई कृषिमा आत्मनिरभर नबाएसम्म यो प्रदेश सम्बृद्ध प्रदेश नबन्ने बताउदै यस प्रदेशमा कृषि तर्फ लगानी बढाउन प्रदेश सरकार विशेष योजना बनाएर अगाडी बढेको बताए । 


प्रदेश सभा प्रदेश नम्बर २ नेकपा  संसदिय दलका नेता एवम पुर्व मन्त्री सत्यनारायण  मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेशका कृषि मंत्री शैलेन्द्र साह पुर्व मन्त्रि तथा प्रतिनिधी सभा सदस्य प्रभु साह,राष्ट्रीय सभाका सदस्य सुमन प्याकुरेल  प्रेदश नम्बर २ का आर्थिक मामिला राज्य मन्त्री उषा यादब लगाएत नेकपाका केन्द्सीय सदस्यहरुदस्यहरु नागेन्द्र चौधरी ,रामचन्द्र साह  निर्मला देवकोटा,बलवीर चौधरी  प्रदेश सभाका सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।कार्यक्रममा क्षेत्रीय कृषि अनुसन्धन परिषद, राष्ट्रिय उखु अनुसन्धान केन्द्र, माछा सुपरजोन लगाएन कृषि क्षत्रेका विभिन्न कार्यालयहरुले आफ्ना समस्या र अवसरको बारेमा जानकारी गराएका थिए ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.