logo

प्रहरी हस्तक्षेपका कारण दुई बिद्यार्थी नेता घाइते

      2/1/2019 गते 00 00 मा प्रकाशित     892   पटक पढिएको

वीरगंज, १८ माघ ।
सरकार बिरोधी प्रर्दशनमा उत्रिएका नेविसंघका कार्यकर्ता र प्रहरीवीच झडप हुदा बिद्यार्थी नेताह? घाइते भएका छ । शुक्रवार बीरगंजमा प्रधानमंत्री के.पी.ओलीका पुतला दहन गर्ने क्रममा प्रहरी र बिद्यार्थीका वीच झडप भएको हो ।

 

झडपमा परि बिद्यार्थी नेताह? बीरगंज महानगर १४ पिप्रा निवासी २४ वर्षिय  विकेश पटेल र  बीरगंज महानगर १६ नगवाका २० वर्षिय रन्जन चौरसिया घाइते भएको नेपाल बिद्यार्थी संघका केन्द्रीय सदस्य बद्री तिवारीले जानकारी दिए ।

ठाकुर राम बहुमुखी क्याम्पसबाट निस्केको विरोध जुलुश आदर्शनगरमा पुगी प्रधानमन्त्री ओलीको पुतला जलाउन खोज्दा प्रहरीले गरेको हस्तक्षेपका कारण पुतलाको आगोले विद्यार्थी नेता पटेलको मुखको भाग जलेको  तिवारीले वताए । सोही क्रममा अर्का विद्यार्थी नेता चौरसिया पनि घाइते भएको उनले जानकारी गराए ।

 

चौरसियाको घुडामा चोट लागेको छ । उनी बीरगंजको नारयाणी उपक्षेत्रीय अस्पतालमा सामान्य उपचारपछि घर फर्किएका छन । पटेलको अनुहार हातमा जलेको हुनाले उनलाई थप उपचारकोलागि नेशनल मेडिकल कलेजमा भर्ना गरिएको छ । 

 नेवि संघ पर्साका अध्यक्ष विश्वाश द्विवेदीको नेतृत्वमा भएको विरोध प्रदर्शन तथा पुतला दहन कार्यक्रममा नेवि संघका केन्द्रिय सदस्य सुधिर पटेल लगायतकाको सहभागिता रहेको थियो । नेवि संघको पूर्व घोषित केन्द्रिय बिरोधको कार्यक्रम अन्तर्गत वीरगंजमा पनि प्रधानमन्त्रीको पुतला जलाउने कार्यक्रम थियो ।


नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमंत्री रामशरण महत बीरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा पुगेर घाइतेको अवस्थाको बारेमा  जानकारी लिएका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.