बीरगंज १८ माघ । जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पकाहा मैनपुर गाउपािलका वडा नं १ धोरेका २२ वर्षिय देवकुमार यादवलाई पर्सा प्रहरीले गिरफतार गरेको छ ।
उनलाई धोरे गाउँमै लुकीछिपी बसीरहेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको हो । पटेल बिरुद्ध प्रहरीले कारवाही प्रकृया अघि बढाएको जनाएको छ । पटेलले गत पुस १६ गते सोही गाउँपालिका वडा नम्बर १ का पाँच बर्षीया बालिकालाई बलात्कार गरी फरार भएका थिए ।
एक महिना पछि पटेललाई पक्राउ गर्न प्रहरी सफल भएको डिएसपी अनन्त शर्माले बताए । बालिका बलात्कार गरे लगतै भारततर्फ प्रवेश गरेका कारण उनलाई पक्राउ गर्न एक महिना लागेको डिएसपी शर्माले बताए ।
पटेललाई जिल्ला अदालत पर्साबाट म्याद थप गरी आवश्यक कारवाहीको प्रकृया अगाडी बढाइएको शर्माको भनाइ छ ।
पटेलले बालिकालाई चकलेट दिने लोभ देखाएर घरमा लगेर जबरजस्ती करणी गरी फरार भएका थिए ।
बलात्कारपछि गम्भिर घाइते बालिकालाई अस्पताल ल्याउन खोज्दा पटेल परिवारले घटनालाई सामसुम बनाउन दवाब दिएका थिए । बालिकाको स्वास्थ्य परिक्षण गर्दा जबरजस्ती करणीको रिपोर्ट आएको प्रहरीले जनाएको छ ।
डा. प्रिती यादवले जबरजस्ती करणी भएको प्रमाणित गरिसकेपछि पनि दलका कतिपय स्थानीय नेताले मुद्धा दर्ता नगराउन दवाव दिएको पीडित पक्षले जनाएको छ । पटेललाई छुटाउन पटेल परिवारले ठूलो आर्थिक चलखेल गरिरहेको पीडित परिवारको आरोप छ ।
तपाईको प्रतिक्रिया