logo

अश्वमेध गायत्री महायज्ञ बारे वीरगन्जका उद्योगी व्यवसाय संग अन्तरक्रिया 

      2/14/2019 गते 00 00 मा प्रकाशित     1021   पटक पढिएको

वीरगन्ज २ फाल्गुन ।
अश्वमेध गायत्री महायज्ञ आयोजक समितिले वीरगन्जका उद्योगि व्यवसायी संग छलफल गरेको छ । वीरगन्ज उद्योग वाणिज्य संघको कार्यालयमा बिहिबार आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा महायज्ञ आयोजक समितिका उपसंयोजक एवं वागमती नदी सरसफाई गर्न पहिलो अवधारणा ल्याउने डा. राजु अधिकारीले महायज्ञलाई सफल बनाउन वीरगन्जका उद्योगी व्यवसायीलाई आग्रह गरेका हुन ।

 

कार्यक्रममा उनले महायज्ञको विशेषता बारे जानकारी गराउदै अश्वमेध यज्ञको परम्परा र प्रयोग जति प्राचिन रहेको त्यति नै बैज्ञानिक पनि रहेको बताए ।

 

प्राचिनकालमा शासक वर्ग या महाराजाहरुले यो महायज्ञ गराउने गर्थे डा अधिकारीले भने, अहिलेको युगमा नेपाल पनि महायज्ञ हुनु हाम्रो लागि सौभाग्य रहेकोले यसलाई सफल बनाउन आ आफनो स्तरबाट सवै लाग्नु पर्ने बताए ।

 

अश्वमेध एउटा सांस्कृतिक दिग्विजय अभियान रहेको हुनाले यसले विशुद्ध विज्ञानसम्मत बताउदै उनले अश्वमेध प्रयोगको माध्यमबाट सांस्कृतिक एकता, सामाजिक सहिष्णुता एंव पर्यावरणीय सन्तुलन स्थापना हुने विश्वास रहेको बताए । 


कार्यक्रममा वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले महायज्ञमा भाग लिन अमेरिका, क्यानडा, अस्ट्रेलिया, कतार, मलेसिया लगायत ४० देशका लाखौ व्यक्तिहरु  आईरहेको हुनाले उनीहरुको स्वागतमा पर्सावासी लाग्नुपर्ने बताए ।

 

उनले भने, वीरगन्जलाई आर्थिक राजधानीको रुपमा चिनाउँछौ, कहिले आन्दोलनको राजधानी भनेर चिनाएका थियौ, अहिले वीरगन्ज महायज्ञमय हुन गईरहेको छ, यसमा सम्पूर्ण उद्योगि व्यवसायीलाई आफनो स्तरबाट सहयोग गरी वीरगन्जलाई महायज्ञको रुपमा चिनाउने काममा सहयोग गर्न अपिल गरे  ।

 

उनले वीरगन्जमा पाल्नु हुने पाहुनालाई स्वागत गर्न करिब ३ हजार वीरगन्जवासीले आ आफनो घरमा बास, गाँसको व्यवस्था मिलाई आफनो नामहरु समेत रजिष्ट्रेशन गराईसकेको जानकारी गराए । 


महायज्ञमा बनाईएको २५१ कुण्डमा पत्तीपत्नी र देवपुजनमा सहभागि हुन चाहनेले तुरुन्त रजिष्ट्रेशन गराउन आग्रह गर्दै मुख्य जजमानमा र देवपुजनमा साढे सात सय जनाले मात्र भाग दिने भएकोले आ आफनो नाम सुरक्षित गराउन उनले सवैमा आग्रह  गरे ।

 

मुख्यजजमानमा १ लाख र देव पुजनमा ३० हजार शुल्क तिर्नुपर्ने हुन्छ र मुख्यहवन भएपछि अन्य ६० हजार जनाले यज्ञमा निशुल्क भाग लिन पाउने छन ।  

 

कार्यक्रममा सहभागि उद्योग व्यवसायीहरुले महायज्ञलाई सफल बनाउन आ आफनो स्तरबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । अन्तरक्रिया कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया लगायत संघका पदाधिकारी, संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

 

यसैगरी अलिख विश्व गायत्री परिवार शक्ति पिठ वीरगन्जले यज्ञ सफल बनाउन वीरगन्ज २० हरपतगंजमा दिप यज्ञको आयोजना गरेको छ ।

 

हरपतगंज स्थित शिवमन्दिरमा आयोजित दिप यज्ञमा शान्तिकुंन्ज हरिद्धारबाट आएका ब्रहमवादणी श्यामा राठौर नेतृत्वको टोलीले दिप यज्ञमा महायज्ञबारे जानकारी गराउदै यज्ञमा भारी संख्यामा सहभागिता जनाउन आमन्त्रीत गरेका थिए । दिप यज्ञ कार्यक्रम पश्चात शक्ति पिठका कार्यकर्ता धर्मेन्द्र गुप्ताको नेतृत्वमा रहेको टोलीले हरपतगंज वडामा विभिन्न पम्पलेट, पर्चा वितरण तथा ठाउँ ठाउँमा टासेर प्रचार प्रसार गरेका थिए ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.