logo

पदाधिकारीको शपथग्रहणमा बिद्यालय बन्द गाउँपालिका मुकदर्शक

      2/15/2019 गते 00 00 मा प्रकाशित     837   पटक पढिएको

बीरगंज ३ फाल्गुन । 
शिक्षक महासंघका निर्वाचित भएका शिक्षक नेताहरुको शपथ ग्रहण कार्यक्रमकालागि बिद्यालयहरु बन्द हुने भएका छन ।

 

ठोरी गाउँपालिकाको शिक्षक महासंघमा निर्वाचित भएका शिक्षकहरुको शपथ ग्रहण कार्यक्रममा सामुदायिक बिद्यालयका सबै शिक्षकहरुलाई उपस्थित हुन महासंघले निर्देशन दिएपछि बिद्यालयहरु बन्द हुने अवस्था सृजना भएको हो ।


बिद्यालयको अध्यापन प्रभावित हुने गरि नेपाल शिक्षक महासंघ ठोरीले आइतवारका दिन शपथ ग्रहण कार्यक्रम राखेको छ ।

बिदाको दिन मिलाएर कार्यक्रम राख्दा बिद्यार्थीको आधारभूत अधिकारको सम्मान हुने थियो तर शिक्षक महासंघले सबै बिद्यालयका सबै शिक्षकहरुलाई कार्यक्रममा सहभागि हुन उर्दी जारी गरेर गाउँपालिका,प्रदेश सरकार र संघीय सरकारको अधिकारमाथि नै धावा बोलेको छ ।

 

बिद्यालयलामा छुट्टी दिने अख्तियारी नभएको महासंघले बिद्यालयलाई शिक्षक मुक्त बनाएर वालवालिकाको अधिकार उल्लंघन गरिरहेको छ । ठोरी गाउँपालिकाका भित्रका बिभिन्न बिद्यालयमा अध्ययनरत सैयौ बिद्यार्थीको अध्ययन अलपत्र हुदा समेत गाउँपालिका भने कानमा तेल हालेर बसेको छ ।

 

गाउँपालिका नेतृत्व नै बिद्यार्थीको शिक्षा पाउने अधिकारको प्रत्याभूतीमा उदासिन भएकोले महासंघले बलमिच्याई गर्ने काम गरेको बुद्धिजीवीहरुको टिप्पणी छ ।

 

गाउँ पालिकाले समेत बिदाको दिनमा कार्यक्रम आयोजना गर्ने वतावरण बनाएर बिद्यालय ब्यवस्थित संचालनकालागि वतावरण बनाउन सक्थ्यो तर बिद्यार्थीको भविष्य प्रति शिक्षक महासंघ जस्तै गैरजिम्मेवार भएको गाउँपालिका समेत मुकदर्शक बनेको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.