logo

अपागमैत्री वडाकार्यालय बन्दै मेयर सरावगीले गरे  शिलान्यास

      2/25/2019 गते 00 00 मा प्रकाशित     647   पटक पढिएको

वीरगंज १३  फागुन । 
वीरगंज–१८ भवानीपुरमा आज महानगरका मेयर विजयकुमार सरावगीले नमुना वडा कार्यालय भवनको शिलान्यास गरेका छन् । वीरगंज महानगरपालिकाले लामो आयु सम्म टिक्ने नमुना वडा कार्यालयको भवन निर्माणको कार्य शुरु गरेको उनले बताए ।

 

बलियो अधार र वीरगंजको विकासको लागि ५० वर्ष सम्म टिक्ने भौतिक संरचना बनाउने महानगरको रणनीति तथा लक्ष्य रहेकोले यो कार्यमा अघि बढेको उनले जनता समक्ष  बताएका थिए ।

 


उनले जग बलियो तथा आधुनिक वैज्ञानिक किसिमको भए सबै सेवाग्राहीलाई सहज सुविधा दिन सकिने भएकोले करिब १ करोड ५ लाखको बजेटमा उक्त भवन डेढवर्ष भित्र निर्माण सकिने प्रतिबद्धता जनाएका छन् ।

 

शुरुमा १ करोड ४६ लाख अनुमाननित बजेट भए तापनि राष्ट्रिय प्रतिस्पर्धाबाट ईबिडिगबाट निर्माण कम्पनी छनौट भएर काम शुरु भएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा. भीष्मकुमार भूसालले जानकारी दिए ।

 


लो बिडिगको कारण ठेकेदारलाई १ करोड ५ लाखमा ठेक्कापरेको थियो ।उनले भने,५÷१०वर्षको लागि मात्र भौतिक पूर्वाधार बनाउने होइन,५० वर्ष चल्ने भवन आधुनिक र बैज्ञानिक बन्ने छन् ।यसमा विजुलीभ¥यागदेखि ,उचित पार्किग,टोकन प्रणालीबाट वडाबाटसेवा लिन सक्ने किसिमको पूर्वाधार निर्माण हुने छ ।

 


वडा अध्यक्ष ब्रहमदेव प्रसाद कुर्मीको सभापतित्वमा भएको कार्यक्रममा स्थानीयजनप्रतिनिििध तथागाउँवासीको व्यापाक उपस्थिति थियो 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.