logo

 भब्य कलश यात्रा, महायज्ञको प्रारम्भ,मानिसमा क्रान्तिकारी अध्यात्मीक  चिन्तन बढ्छः पाण्ड्या 

      3/3/2019 गते 00 00 मा प्रकाशित     1030   पटक पढिएको

वीरगञ्ज, १९ फागुनः

वीरगञ्जमा आजदेखि अश्वमेध गायत्री महायज्ञ शुरु भएको छ । महायज्ञको देव सँस्कृति विश्वविद्यालयका कुलाधिपति एवं अखिल विश्व गायत्री परिवारका अध्यक्ष डा प्रणव पाण्ड्याले महायज्ञको उद्घाटन गरे ।

खराब मौसमका कारण राष्ट्रपति विद्यादेवी भण्डारी आउन नसकेपछि महायज्ञको उद्घाटन डा. पाण्ड्याले गरेका हुन  । महायज्ञ मुल आयोजक समितिका अध्यक्ष डा उपेन्द्र महतोले राष्ट्रपति विद्या भण्डारीले पठाएको सन्देश पढेर सुनाएका थिए  ।

सन्देशमा भण्डारीले महामन्त्र, वेदमन्त्र, गायत्री मन्त्रको उपासनाका साथ हुने अश्वमेध महायज्ञले जीवन मुल्य र अत्याध्म अनुशासन कायम गर्ने विश्वास व्यक्त गरिएको छ ।


    महायज्ञको उद्घाटन गर्दै डा. पाण्ड्याले गायत्री मन्त्रोच्चारण सहित हुने महायज्ञले मानिसमा क्रान्तिकारी अध्यात्मीक  चिन्तन बढ्ने बताउनु भयो । त्यस अवसरमा पाण्ड्यालाई नेपाली टोपी र रुद्राक्षको माला लगाएर सम्मान गरिएको थियो । 


    २ सय ५१ कुण्डीय भव्य यज्ञशाला निर्माण गरिएको महायज्ञमा देव सँस्कृति दर्शाउने प्रदर्शनी राखिएको छ । शान्तिकुञ्ज हरिद्वारबाट आएका पुरोहित तथा साधकहरुले वैदिक मन्त्रको साथमा ४ दिनसम्म हवन यज्ञ गर्नेछन् ।

युग संगीत, सत्सँग एवं साँस्कृतिक कार्यक्रमका साथै १६ प्रकारका सँस्कार निःशुल्क गर्ने व्यवस्था मिलाईएको छ । पुस्तक मेला, चित्र प्रदर्शनी समेत राखिएको छ ।
    महायज्ञको पहिलो दिन आज विशाल कलश यात्रा समेत निकालिएको थियो ।

यात्रामा नगर तथा बिदेशबाट आएका उल्लेख्य महिलाहरुले सहभागिता जनाएका थिए । महायज्ञ चार दिन सम्म चल्ने छ । बीरगंज महानगर क्षेत्रमा चारदिनसम्म माछा, मासुमा प्रतिबन्ध लगाइनुको साथै विद्यालयहरु पनि पूर्णरुपले बन्द गरिएको छ ।

यज्ञमा सहभागीहरुको स्वागत यज्ञ आयोजक समितिका संयोजक तथा बीरगंज महानगरपालिकाका प्रमुख बिजय सरावगीले गरेका थिए । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.