logo

बिकासका योजना लिएर आउनुहोस पैसा छैन भनेर चिन्ता लिनु पर्दैनः मंत्री पंण्डित

      3/8/2019 गते 00 00 मा प्रकाशित     1306   पटक पढिएको

वीरगंज, फागुन २४
संघीय मामला तथा सामान्य प्रशसान मंत्री लालबाबु पंडितले देशमा भइरहेको बिकासको काम देखेर आत्तिएकाहरु आउने चुनाव सम्ममा सकिने बताएका छन ।

 

पर्साको छिपहरमाई गाउँपालिकाको वडा नं २ सम्झौतामा प्रसुती गृहको शिलान्यास पछि आयोजना गरिएको सभामा बोल्दै मंत्री पंडितले सबै भन्दा बढी मधेश बिरोधीको आरोप खेपेको कम्युनिष्ट सरकारले समृद्ध मधेश योजना ल्याएर बिकास गरिरहको बताए ।

 

 नेपाल भारतको सीमामा रहेको भिषूवा बजारमा आयोजना गरिएको कार्यक्रममा आफना कुरा राख्दै मंत्री पंडितले बिकासकालागि योजना बनाएर जनतालाई आउन अपिल गरे ।

 

बिकासका योजना ल्याउनुहोस उनले भने पैसा छैन भनेर चिन्ता नलिनु होला चाहिने पैसा दिन सरकार तयार छ । मंत्री पंडितले जोडै दिएर भने पारीका भन्दा वारीका जनतामा खुशीयाली देख्न सरकार ललायीत छ ।

 

उनले प्रदेश सरकारप्रति असुन्तुष्टी जनाउदै भने “प्रदेश सकार माखा मारेर बसेको छ । मंत्री पंडितले कर्मचारी समायोज पश्चात स्थानिय तहमा देखिएको कर्मचारी अभाव हटने बताए उनले भने कार्यक्षेत्रमा गएर काम गर्नेहरु रहन्छन नजानेहरु घर जान्छन  ।


पर्साको छिपहरमाई गाँउपालिका का अध्यक्ष मनोज गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि दर्जनौ ब्यक्तिहरु कम्युनिष्ट पार्टीमा प्रवेश गरेका थिए । 


 छिपहरमाई गाँउपालिका वडा नं १ संघिय समाजवादी फोरमबाट निर्वाचित वडा अध्यक्ष राजबली यादव सहित फोरम नेपाली का)ग्रेस र राजपा परित्याग गरि ३ सय भन्न्द बढ िब्यक्तिहरु पार्टीमा प्रवेश गरेका थिए । 

कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य नागेन्द्र चौधरी, पुर्व सांसद जयप्रकाश थारु, जुनेद अंसारी, जगरनाथपुर गाँउपालिकाका प्रमुख जालिम मियाँ, ठोरी गाँउपालिकाका प्रमुख पिएल श्रेष्ठ, नेकपाका युवा नेता मनोज चौधरीले मन्तब्य ब्यक्त गरेका थिए ।

 

कार्यक्रममा  नेपाल पत्रकार महासंघका प्रदेश उपाध्यक्ष के.सी लामिछाने ,पर्सा उपाध्यक्ष अनुप तिवारी प्रेस संगठन नेपालका निरज पिठाकेटे  नेकपाका नेताहरु प्रहलाद गुप्ता लगायतकाको सहभागिता रहेको थियो कार्यक्रमलाई नेकपाका प्रदेश सदस्य रामबाबु बैठाले संचालन गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.