logo

हृदयघातबाट कम्युनिष्ट नेता मण्डलको निधन ,पार्टीलाई अपुरणीय क्षती

      3/18/2019 गते 00 00 मा प्रकाशित     927   पटक पढिएको

बीरगंज ४ चैत ।
नेपाल कम्युनिष्ट पार्टीका प्रदेश २ का सदस्य हरि मण्डलको ५० वर्षको उमेर हृदयघातका कारण निधन भएको छ । सोमवार दिउसो उनलाई हृदयघात भएको हो ।

उनलाई उपचारकोलागि बीरगंज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा उनको निधन भएको पार्टी स्रोतले बताएको छ । 


जनयुद्धकालामा मजदुर क्षेत्रमा संगठीत रहेर पार्टी र क्रान्तिको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका मण्डल पटक पटक गरि ३ वर्ष सम्म जेलमा बसेका थिए ।

 

पार्टी शान्ति प्रक्रियामा आएपछि भएको निर्वाचनमा पर्साको क्षेत्र नं २ वाट सासदको प्रत्यासी समेत भएका थिए । पार्टी भित्र इमान्दार र लगनशील नेताको छवी बनाएका मण्डल पार्टी एकता हुनु पूर्व एकिकृत माओवादीको पोलीछ ब्यूरो सदस्य रहेका थिए ।

 

कठीन घडीमा समेत पार्टी र आन्दोलन प्रति समर्पित नेताको असामयीक निधनले पार्टी पंक्ति स्तब्ध भएको छ ।

पार्टीका प्रदेश इन्चार्ज सत्य नारायण मण्डल , प्रदेश अध्यक्ष प्रभू साह र पार्टीको पर्सा जिल्ला कार्यदलले छुट्टा छुट्टै  बिज्ञप्ति निकालेर मण्डलको निधन प्रति शोक ब्यक्त गरेको छ ।

 

नेपाली सर्वहारा जनताका सच्चा मित्र पार्टीका इमान्दार नेताको असामयीक अवसानले पार्टी र आन्दोलनले ठुलो क्षती ब्यहोर्नु परेको बिज्ञप्तिामा उल्लेख छ । 


पार्टी र देशले एउटा सच्चा क्रान्तिकारी योद्धा गुमाउनु पर्दा अपूरणीय क्षती भएको  भन्दै बिज्ञप्ति मार्फत स्व ं मण्डललाई श्रद्धाञ्जली अर्पण गरिएको छ । 


नेता मण्डलको आजै राधेमाई स्थित श्रीसिया नदी तिरमा बैद्धिक बिधि अनुसार अन्तिम संस्कार गरिएको नेकपा पर्साका नेता प्रभू हजराले जानकारी दिए ।

 

स्वं. मण्डलको पार्थीव शरीरमा पार्टीका नेताहरु रामचन्द्र साह ,प्रभू हजरा, छोटेलाल यादव बिजय महतो लगायतका नेताहरुले पार्टीको झण्डा ओढाएर सम्मान ब्यक्त गरेका थिए । स्वं मण्डलका २ छोरा र १ छोरी छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.