logo

कलम बोक्ने विद्यार्थी ढुंगामुढामा उत्रिएपछि प्रदेश २ मा तनाव 

      3/29/2019 गते 00 00 मा प्रकाशित     1217   पटक पढिएको

वीरगन्ज, १५ चैत्र । प्रदेश नम्बर २ मा लगातार परिक्षाको प्रश्नपत्र बाहिरिएपछि आक्रोशित विद्यार्थीहरुको प्रदर्शनका कारण प्रदेश २ भरको अवस्था तनावग्रस्त बनेको छ । बिहिबार विज्ञान विषयको प्रश्न पत्र बाहिरिएपछि परिक्षा नियन्त्रण कार्यालयले प्रदेश नम्बर २ को परिक्षा रद्द गर्ने निर्णय गरेपछि बिहिबार साँझ प्रदर्शनमा उत्रिएका विद्यार्थीहरु शुक्रबार हुने सामाजिक शिक्षा विषयको परिक्षाको प्रश्नपत्र पनि बाहिरिएको भन्दै परिक्षा नियन्त्रण कार्यालयले परिक्षा रद्द भएको घोषणा गरेको थियो ।

परिक्षा रद्द गरेको भन्दै आक्रोशित विद्यार्थीहरुले प्रदेश नम्बर २ भर प्रदर्शन गरेका छन् । बिहानै परिक्षा दिनका लागि परिक्षाकेन्द्रमा पुगेका विद्यार्थीहरु परिक्षा नै रद्द भएको खबर पाएपछि आक्रोशित हुदै वीरगन्जको घण्टाघरमा भेला भई टायर बालेर प्रदर्शन गरेका छन् । आन्दोलित भएका विद्यार्थीहरुले घण्टाघरमा रहेको ट्राफिक आईल्याण्ड, डिभाईडर लगायतका होर्डिङ वोर्डहरु समेत तोडफोड गरेका छन् ।

विद्यार्थीहरुले बिहानै वीरगन्जको विभिन्न चोकमा टायर बालेर प्रदर्शन गरेका छन् । तोडफोडमा संलग्न केही विद्यार्थीहरु पक्राउ परेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए । पक्राउ परेका विद्यार्थीहरुको संख्या र नाम भने प्रहरी उपरीक्षक ढकालले सार्वजनिक गरेनन् । विद्यार्थीहरु तोडफोडमा उत्रिएपछि भीड नियन्त्रण गर्नका लागि प्रहरीले केही राउण्ड अश्रुग्याँस पनि फायर गरेको छ ।

त्यस्तै दमकलबाट पानीको फोहोराले विद्यार्थीहरुको भीड तितर बितर बनाउन खोजेपछि विद्यार्थीहरु थप आक्रोशित बन्दै वीरगन्ज महानगरपालिकाको दमकलमा समेत तोडफोड गरेका छन् । त्यस्तै बाराको कलैया उपमहानगरपालिकाको भरतचौकमा पनि विद्याथीहरुले प्रदर्शन गरेका छन् ।

रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिराहा सप्तरी लगायत प्रदेश नम्बर २ का जिल्लाहरुमा परिक्षा दिन नपाएका विद्यार्थीहरु आक्रोशित हुदै प्रदर्शन र तोडफोडमा उत्रिएका छन् । प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले प्रदेश नम्बर २ को मुख्यमन्त्रीको कार्यालयमा समेत ढुंगा प्रहार गरेर तोडफोडको प्रयास गरेका थिए ।  
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.