logo

केमिकल्स बोकेको ट्रकमा ४० लाखको कपडा

      4/3/2019 गते 00 00 मा प्रकाशित     981   पटक पढिएको

जीतपुर २० चैत । जीतपुर–वीरगन्जबाट केमिकल्स बोकेर काठमाडौ गइरहेको मालवाहक ट्रकबाट ठूलो परिमाणमा भन्सार राजस्व छलीका कपडा बरामद भएका छन् ।

 

वीरगन्ज पथलैया सडकखण्डको जीतपुरमा बुधबार प्रहरीले ना.५ख ७९८४ नम्बरको ट्रक चेकजा“च गर्दा २२ पोका कपडा बरामद भएको हो ।

 

इलाका प्रहरी कार्यालय जीतपुरका प्रमुख प्रहरी नायव निरीक्षक सागर सम्शेर राणाले विशेष सुराकीको आधारमा उक्त ट्रकलाई नियन्त्रणमा लिएर चेकजा“च गर्दा अवैध कपडा बरामद भएको बताए । ट्रक चालक सरोज पटेलका अनुसार वीरगन्जको गन्डक चौकमा रहेको ट्रकलाई साहुले काठमाडौ“ लिएर जान भनेका थिए ।

‘सुरुमा ट्रक रोकेर सोध्दा चालक पटेलले भित्र केमिकल्स मात्र रहेको बताएका थिए,’ प्रनानि राणाले भने, ‘खोलेर हेर्दा ठूलो परिमाणमा कपडा बरामद भएको हो, चालकस“ग केमिकल्सको बिल मात्र छ ।’ 


मह“गा सर्टिङ शुटिङ र सुरुवाल कुर्ताको बजार मूल्य करिब ४० लाख रुपैया“ रहेको प्रहरीले जनाएको छ । ललितपुरको श्री कृष्ण फोम इन्डष्ट्रीज प्रालिको बिलमा ७५ ड्राम केमिकल्स ट्रकमा लोड छ ।

 

ट्रक चालकले साहुले आफूलाई केमिकल्सको बिल मात्र उपलब्ध गराएको बताएका छन् । थप अनुसन्धानका लागि ट्रक र चालकलाई राजस्व अनुसन्धान विभाग पथलैयामा बुझाएका सई राणाले जनाएका छन् ।

 

जानकारका अनुसार नेपाल भारत नाकाबाट झन्डै २० किलोमिटर भित्र बरामद भएको ४० लाखको अवैध कपडाले पर्सा प्रहरीले लाइन खोलेको प्रस्ट भएको छ 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

तरकारीका थोक कारोवारीलाई वीरगंज महानगरको २१ दिने अल्टिमेटम, व्यवस्थित थोक बजारमा जान निर्देश

वीरगंज । वीरगंज महानगरपालिकाले सडक तथा सार्वजनिक स्थानमा जथाभावी तरकारी तथा फलफूलको थोक बजार सञ्चालन नगर्न निर्देशन दिँदै व्यवसायीलाई २१ दिनभित्र तोकिएको स्थानमा स्थानान्तरण हुन अल्टिमेटम दिएको छ।

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.