logo

अनेमसंघद्वारा सेनेटरी प्याड सहितको राहत समाग्री हस्तान्तरण

      4/4/2019 गते 00 00 मा प्रकाशित     1600   पटक पढिएको

बीरगंज २१ चैत 
    अखिल नेपाल महिला संघले चक्रीय हावाहुुरीबाट प्रभावित पर्साका महिलाहरुकालागि राहत उपलब्ध गराएको छ । नेकपा नेतृ निर्मला देवकोटाको अगुवाईमा राहत सामाग्री संकलन गरिएको हो ।

संकलीत राहत सामाग्री आवश्यक महिलाहरुकोमा पुग्ने गरि स्थानीय प्रशासनलाई हस्तान्तरण गरिएको छ । नेकपा नेतृ निर्मला देवकोटाको नेतृत्वमा रहेको टोलीले राहत सामाग्री पर्साका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्मालाई हस्तान्तरण गरेको हो ।

 
राहत सामाग्रीमा २ सय २३ प्याकेट सेनेटरी प्याड, २ सय २३ वटा लुगा धुने साबुन र २ सय २३ वटा नुहाउने सावुन रहेको अखिल नेपाल महिला संघ बीरगंज महानगर सचिव रन्जु फूयालले जानकारी दिइन ।

राहत संकलन तथा बितरण समिति पर्सा मार्फत हुरी प्रभावित पर्साको जगरनाथपुर र सुखचैनाका महिलाहरुकालागि सो सामाग्री बितरण हुने सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताए । 


राहत हस्तान्तरणमा निर्मला देवकोटा, रन्जु फूयाल अलका प्रधान लगायतका महिला नेतृहरुको सहभागिता रहेको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

डोली यात्राको पूर्वसन्ध्यामा ८ महिला सहित ६५ जनाद्वारा रक्तदान

वीरगंज ।  माइस्थान मन्दीर सञ्चालक समिति वीरगंजले  आयोजना गरेको रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन् ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु

काठमाडौँ ।  देशका विभिन्न भागमा भएका सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ ।

खेलकुद

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।

नारायणी रङ्गशालाको प्याराफिट पुनर्निर्माण कार्यको  सचिव शिवजी गुप्ताले गरे शिलान्यास

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी रङ्गशालाको प्याराफिट पुनर्निर्माण कार्यको मधेश प्रदेश खेलकुद परिषदका सदस्य सचिव सचिव शिवजी गुप्ताले शिलान्यास गरेका छन ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.