logo

ट्रयाक्टर र चालक पक्राउ, गिट्टी बालुवाको निकासीमा निकुन्जको अवरोध

      4/7/2019 गते 00 00 मा प्रकाशित     1220   पटक पढिएको

बीरगंज २४ चैत ।

पर्साको भेडाह खोलाबाट यिट्टी बालुवा लोड गरेर बीरगंज आउने तयारीमा रहेका चार वटा ट्रयाक्टरलाई पर्सा राष्ट्रीय निकुन्जले आफनो नियान्त्रणमा लिएको छ ।

निकुन्जले ना ५ त ३१२२ ना ३ त २१८५ ना ५ त ८१६० र ना ३ त २५५४ नम्बरको ट्रयाक्टर नियन्त्रणमा लिएको ठेकेदार नागेन्द्र महतोले जानकारी दिनु भयो । सेनाले ट्रयाक्टर चालकहरु फिरोज मिया,बिनोद कुमार,गुडु कुमार र रामाधार प्रसादलाई पनि नियन्त्रणमा लिएको छ । ठेक्का बन्दोवस्तीमा मा बिहान ५ बजेदेखी बेलुका ६ बजे सम्म गिट्टी बालुवा निकासी गर्न पाइने उल्लेख छ ।

 

पर्साको भेडाह खोलाबाट गिट्टी बालुवाको निकासीकालागि १ करोड ४५ लाख रुपैयामा ठेक्का कवोल गरेको नागेन्द्र निर्माण सेवाले निकुन्जले बेला बेलामा दिने दुःख का कारण आफू समस्यामा परेको जनाएको छ ।०७५ साउन देखी चलन पुर्जी पाएको ठेकेदारले गिट्टी बालुवा निकासीमा निकुन्जले अवरोध गर्यो भन्दै ठेका लगाउने बीरगंज महानगरमा पटक पटक गुनासो गरेको छ । तर महानगरले यो बिषयमा कुनै पहलकदमी लिएको छैन ।

पर्सा राष्ट्रीय निकुञ्ज र मध्यवर्ती जन जागरण बन उपभोक्ता समुहले साँध सीमानाको कुरा गरेर गिट्टी बालुवा वोक्ने ट्रयाक्टरह समात्ने गरेका छन । गत वर्षहरुमा पनि गिट्टी बालुवाको ठेक्का बन्दोबस्ती लगाउदा जुन ठाउँबाट गिट्टी बालुवाको उत्खनन हुन्थ्यो अहिले त्यही बाट निकाल्दा निकुन्जले समात्ने गरेको छ । निकुन्जको यो काम राम्रो नरहेको इलाका बन कार्यालय सोलखपुरका बन रक्षक शम्भू राउत कुर्मीले बताउनु भयो ।

 

निकुन्जले ट्रयाक्टर समाते पछि कम्तीमा सात दिन सम्म राख्ने गरेको छ । ट्रयाक्टर ब्यवसायीहरु निकुन्जको यो कामबाट निकै पीडित भएको बताउछन । जन जागरण मध्यवर्ती बन उपभोक्ता समुहका तारा बहादुर कार्कीले भने महानगरको साँध सीमानाबाट उठाउदा कुनै समस्या नहुने बताउनुहुन्छ । कार्कीका अनुसार समितिको सीमा भित्र रहेको खोलाबाट गिट्टी बालुवाको उत्खनन हुदा ट्रयाक्टरहरु नियन्त्रणमा लिने गरेको बताउनु भयो ।

महानगरले ठेक्का बन्दोबस्त लगाए पनि त्यहा उत्पन्न भएको समस्या समाधान गरिदिन कुनै पहल नगरेको ठेकेदार पक्षको गुनासो छ ।

जिल्लामा गिट्टी बालुवाको आपूर्ती सबै भन्दा बढी भेडाहा खोला बाट नै हुन्छ । निकुन्जले ट्रयाक्टर समाती दिदा ब्यक्तिगत तथा बिकासका काममा प्रभाव परेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.