logo

बीरगन्ज महानगरपालिकाको चौथो नगरपरिषद सम्मपन्न,बिकास प्रथामिकतामा

      4/22/2019 गते 00 00 मा प्रकाशित     921   पटक पढिएको

वीरगन्ज, ९बैशाख ।
वीरगन्ज महानगरपालिकाको स्थगीत रहेको चौथो नगर परिषद सोमवार सम्पन्न भएको छ । महानगरप्रमुख बिजय कुमार सरावगीको अध्यक्षतामा सम्पन्न भएको परिषदले महानगरको बिकासमा सबै एकढीक्का भएर अगाडि बढ्ने प्रतिवद्धता समेत जनाएको छ ।

 

वडाहरुमा अध्यक्ष र सदस्यहरुवीच देखिएको असहमती र असमझदारीलाई अन्त्य गर्ने दिशामा परिषदले ठोस प्रगती हासिल गरेको छ । परिषदमा महानगरका कार्यकारी प्रमुख उमेश बस्नेतले प्रस्तुत गरेका बिभिन्न प्रस्तावहरु सर्वसम्मत रुपमा पारित भएका छन । 

नगरसभाको बन्दसत्रलाई सम्बोधन गर्दै र प्रमुख विजय कुमार सरावगीले संघीय ,प्रान्तीय वा स्थानीय कुनैपनि संसद लोकतान्त्रिक पद्धतिबाट चल्ने भएकोले सभामा सहभागी सबै जनप्रतिनिधिहरुलाई लोकतान्त्रिक प्रक्रिया अनुसार आफनो विचारहरु राख्न अनुरोध गरेका थिए । उनले महानगरको विकास प्रति सम्बेदनशिल हुन जनप्रतिनिधिहरुलाई आग्रह गरेका थिए ।

 

उनले महानगरका जनताले सबै जनप्रतिनिहरुलाई महानगरको विकासको लागी चुनेको हुनाले पहिलो विकास निर्माण तथा जनताको सरोकारका विषयलाई मुख्य प्राथमिकतामा राख्न अनुरोध अपिद गरे ।

 

वडा सदस्यहरुले राखेका विभिन्न मागंहरुको बारेमा बोल्दै नगर प्रमुख सरावगीले संघीय र प्रान्तीय सरकारले बनाएको नियमालीले मिल्ने सबै मागंहरु पुरागरिने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । सोमबार वीरगन्ज उधोगवाणिज्य सघंको सभाहलमा सम्मपन्न भएको चौथो नगरपरिषदको बन्दससभामा वडाध्यक्ष मनोज गुप्ता,प्रदिप चौरसिया,अरविन्द गुप्ता,हबिब मिया,ध्रुव नेपाल र अवधकिशोर कुशवाहा लगायतकाले महानगरको सरसफाइ,विजुलीवत्तीको व्यवस्थापन  लगायत विभिन्न समस्याहरुको बारेमा नगरप्रमुखको ध्यानाकर्षण गराएका थिए ।

 

यसै गरी वडासदस्य सुरज कुर्मि,जतन राउत कुर्मि ,लालबाबु यादव लगायतका वडा सदस्यहरुले विकास निर्माण लगायत वडाहरुबाट सम्पादन हुने सबै कार्यहरुमा वडा सदस्यहरुको भूमिकाका आवश्यकताबारे विभिन्न धारणाहरु राखेका थिए ।
यस भन्दा अगाडि नगरसभाका सदस्यहरुले आफनो सुविधाको बिषयमा राखेका माँगका कारण दुईपटक सम्म परिषद स्थगीत भएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

डोली यात्राको पूर्वसन्ध्यामा ८ महिला सहित ६५ जनाद्वारा रक्तदान

वीरगंज ।  माइस्थान मन्दीर सञ्चालक समिति वीरगंजले  आयोजना गरेको रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन् ।

छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु

काठमाडौँ ।  देशका विभिन्न भागमा भएका सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ ।

खेलकुद

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।

नारायणी रङ्गशालाको प्याराफिट पुनर्निर्माण कार्यको  सचिव शिवजी गुप्ताले गरे शिलान्यास

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी रङ्गशालाको प्याराफिट पुनर्निर्माण कार्यको मधेश प्रदेश खेलकुद परिषदका सदस्य सचिव सचिव शिवजी गुप्ताले शिलान्यास गरेका छन ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.