logo

बीरगन्ज महानगरपालिकाको चौथो नगरपरिषद सम्मपन्न,बिकास प्रथामिकतामा

      4/22/2019 गते 00 00 मा प्रकाशित     856   पटक पढिएको

वीरगन्ज, ९बैशाख ।
वीरगन्ज महानगरपालिकाको स्थगीत रहेको चौथो नगर परिषद सोमवार सम्पन्न भएको छ । महानगरप्रमुख बिजय कुमार सरावगीको अध्यक्षतामा सम्पन्न भएको परिषदले महानगरको बिकासमा सबै एकढीक्का भएर अगाडि बढ्ने प्रतिवद्धता समेत जनाएको छ ।

 

वडाहरुमा अध्यक्ष र सदस्यहरुवीच देखिएको असहमती र असमझदारीलाई अन्त्य गर्ने दिशामा परिषदले ठोस प्रगती हासिल गरेको छ । परिषदमा महानगरका कार्यकारी प्रमुख उमेश बस्नेतले प्रस्तुत गरेका बिभिन्न प्रस्तावहरु सर्वसम्मत रुपमा पारित भएका छन । 

नगरसभाको बन्दसत्रलाई सम्बोधन गर्दै र प्रमुख विजय कुमार सरावगीले संघीय ,प्रान्तीय वा स्थानीय कुनैपनि संसद लोकतान्त्रिक पद्धतिबाट चल्ने भएकोले सभामा सहभागी सबै जनप्रतिनिधिहरुलाई लोकतान्त्रिक प्रक्रिया अनुसार आफनो विचारहरु राख्न अनुरोध गरेका थिए । उनले महानगरको विकास प्रति सम्बेदनशिल हुन जनप्रतिनिधिहरुलाई आग्रह गरेका थिए ।

 

उनले महानगरका जनताले सबै जनप्रतिनिहरुलाई महानगरको विकासको लागी चुनेको हुनाले पहिलो विकास निर्माण तथा जनताको सरोकारका विषयलाई मुख्य प्राथमिकतामा राख्न अनुरोध अपिद गरे ।

 

वडा सदस्यहरुले राखेका विभिन्न मागंहरुको बारेमा बोल्दै नगर प्रमुख सरावगीले संघीय र प्रान्तीय सरकारले बनाएको नियमालीले मिल्ने सबै मागंहरु पुरागरिने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । सोमबार वीरगन्ज उधोगवाणिज्य सघंको सभाहलमा सम्मपन्न भएको चौथो नगरपरिषदको बन्दससभामा वडाध्यक्ष मनोज गुप्ता,प्रदिप चौरसिया,अरविन्द गुप्ता,हबिब मिया,ध्रुव नेपाल र अवधकिशोर कुशवाहा लगायतकाले महानगरको सरसफाइ,विजुलीवत्तीको व्यवस्थापन  लगायत विभिन्न समस्याहरुको बारेमा नगरप्रमुखको ध्यानाकर्षण गराएका थिए ।

 

यसै गरी वडासदस्य सुरज कुर्मि,जतन राउत कुर्मि ,लालबाबु यादव लगायतका वडा सदस्यहरुले विकास निर्माण लगायत वडाहरुबाट सम्पादन हुने सबै कार्यहरुमा वडा सदस्यहरुको भूमिकाका आवश्यकताबारे विभिन्न धारणाहरु राखेका थिए ।
यस भन्दा अगाडि नगरसभाका सदस्यहरुले आफनो सुविधाको बिषयमा राखेका माँगका कारण दुईपटक सम्म परिषद स्थगीत भएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.