logo

रुन्चेले प्रहरीलाई हसाए प्रशासकलाई रुवाए 

      4/25/2019 गते 00 00 मा प्रकाशित     1003   पटक पढिएको

बीरगंज १२ बैशाख ।
झुठो बिबरण पेश गरी एकजना भारतीयलाई नेपाली नागरिकता दिलाउन खोज्ने एक जनालाई प्रहरीले केहीबेरमै छाडेको छ ।

 

४/५ जनाको नागरिकता बनाईदिने भन्दै जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेका अनधिकृत कारोवारमा ख्याती कमाएका मदन गुप्ता“रुन्चे”लाई प्रहरीले केही बेरमै छाडेको घटनालाई बीरगंजमा अर्थपूर्ण रुपमा हेरिएको छ । 

बिहिबार अपरान्ह जिल्ला प्रहरी प्रशासन कार्यालय पर्सामा नागरिकता बनाईदिन्छु भन्दै केही मान्छे सहित बोकेर गएका रुन्चेले कर्मचारीहरुलाई घुसखोर दलाल भन्दै आक्रमण गर्न झम्टिएका थिए ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सदन कर्णलाई पैसा नखाई काम नगर्ने भन्दै दूब्र्यवहार गरेका रुन्चेले उनको समस्या समाधान गर्न प्रयास गरेका सहायक प्रजिअ नेत्र शर्मालाई समेत अपशब्द प्रयोग गरेका थिए । उनले प्रयोग गरेको शब्द सहनीय थिएन सहायक प्रजिअ पौडेलले भने सहनै नसक्ने भएपछि जिल्ला प्रहरी कार्यालयमा पठाइएको थियो । 


गुप्ता आफै भारतीय नागरिक हुन्। उनी भारत बिहार आदापुर बिसुनपुरवा निबासी हुन् । झुठो बिवरण पेश गरेर बारा जिल्लाबाट उनले एक दशकअघि नेपाली नागरिकता लिएका थिए।

 

नेपाली नागरिकताको प्रमाणपत्र लिएको एक दशकभित्र अबैध धन्दा गरेर बीरगञ्ज र काठमाडौंमा उनले करोडौंको जायजेथा जोडेका छन्। प्रहरीलाई महिनावारी बुझाएर लाइन चलाउने भएकोले प्रहरीसंगको आर्थिक लेनदेनका कारण उनी प्रहरीबाट केही बेरमै छुट्न सफल भएको चर्चा चलेको छ।

 

 सहनै नसक्ने दुब्र्यबहार गरेपछि मदनलाई प्रहरीकोमा थुन्न पठाएको  सहायक प्रजिअ पौडेलले बताए। तर केहीबेरमै जिल्ला प्रहरी कार्यालय पर्साले प्रशासनसंग कुनै छलफल नै नगरी रिहा गरेकोमा प्रजिअ शर्माले आश्चर्य व्यक्त गरे। छाड्नुअघि आफूसंग सामान्य सोधपुछ समेत नगरिएको उनको भनाई छ।


प्रशनीक निकायका अधिकृतहरुलाई अप्रमाणीक आरोप लगाएर दूब्र्यवहार गर्ने रुन्चेले उन्मुक्ति पाएको घटनाले राष्ट्रसेवक कर्मचारीको मनोबिज्ञानमा प्रतिकूल असर परेको छ ।

 

राज्यको प्रतिनिधिको रुपमा रहेको स्थानीय प्रशासनमा कार्यरत अधिकृतहरुको मनोवल गिराउने उद्धेश्यले भएको घटनाका आरोपीतले उन्मुक्ति पाउन आफैमा आश्चर्यजनक भएको टिप्पणी बिषलेश्कहरुले गरेका छन ।


जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षक राजेश दत्तले भने गुप्तालाई तारेखमा मुक्त गरेको बताएका छन । उनले गुप्ताका केही कागजातहर लिएर अनुसन्धान गरिरहेको दावी गरेका छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

स्वच्छ, हरियाली र व्यवस्थित वीरगञ्ज निर्माणका लागि सबै सरिक भएर लाग्न आवश्यक छः प्रमुख सिंह

वीरगञ्ज ।  नेपाल–भारत सीमावर्ती क्षेत्र वीरगञ्जको मितेरीपुलमा सीमा सुरक्षा पोष्ट सञ्चालनमा ल्याइएको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त पोष्ट सञ्चालनमा ल्याइएको हो।

नेपाल यातायात व्यवसायी महासंघ पर्साको अध्यक्षमा  मानन्धर सचिवमा  श्रेष्ठ  सर्वसम्मत चयन

वीरगञ्ज । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पर्सा जिल्ला कमिटीको अधिवेशन सम्पन्न भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.