logo

बिवरण ढाँटेर नागरिकता लिन खोज्ने एक भारतीय पक्राउ

      4/28/2019 गते 00 00 मा प्रकाशित     1073   पटक पढिएको

बीरगंज १५ बैशाख  विवरण ढाटेर आफनो छोरालाई नेपाली नागरिकताको प्रमाणपत्र दिलाउन खोज्ने एक जना भारतीयलाई प्रशासनले पक्राउ गरि आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको छ ।

२०६३ मा वीरगंज महानगरपालिका १३ ठेगाना देखाई ३४३०८र४८ नम्बरको नागरिकता लिएका सुदामा साह तेलीलाई प्रशासनले पक्राउ गरेको हो । गृहमन्त्रालयले २०६८ पुष २० गते साहको नागरिकता बदर गरेको थियो ।

बदर गरिएको नागरिकता लिएर छोराको नागरिकता बनाउन गएका साह पक्राउ परेका हुन् । विवरण ढाटेर नागरिकता बनाउन पुगेका सुदामा साह तेलीलाई पक्राउ गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र पौडेलले बताए ।

साह बिरुद्ध ०७१ सालमा जिल्ला प्रहरी कार्यालय पर्सामा झुठा विवरण पेश गरी नेपाली नागरिकता प्रमाण पत्र लिएको आरोपमा उजुरी दर्ता भएको थियो ।

अब त्यही मिसिलका आधारमा झुठो विवरण पेश गरेको आरोपमा मुद्धा चलाउने जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख रेवती ढकालले बताउनु भयो । पछिल्लो पटक वैशाख २ मा सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकता पाएका नेपालीका सन्तानले बंशजको नागरिकता पाउने बाटो खुला गरिदिएपछि जिल्ला प्रशासन कार्यालय पर्सामा नागरिकता लिनेहरुको भिड बढेको छ ।

अदालतको कहिले दिने र कहिले रोक्ने आदेशका कारण पनि नागरिकता लिनेहरुको भिड बढेको हो । भिडका कारण नागरिकता लिनेहरुले पनि सास्ती खेपेका छन् । भिडमै विवरण ढाटेर नागरिकता लिन खोज्नेहरु पनि सक्रिय भएका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.