logo

पर्साका प्रजिअको कडा कदम , पप्पुहरु होशियार कुनै बाहनामा काम रोकेमा दण्डीत हुने

      4/29/2019 गते 00 00 मा प्रकाशित     1710   पटक पढिएको

वीरगञ्ज, १६ बैशाख । विकास निर्माणको ठेक्का लिएर समयमा काम पूरा नगर्ने निर्माण ब्यवसायीहरुलाई स्थानीय प्रशासनले अपराध सहिता २०७४ को दफा १२४ बमोजीम धमामध पक्राउ गर्दै कारवाही गर्ने भएको छ ।

काम सम्पन्न नगर्ने अनी महत्वपूर्ण छलफलहरुमा जवाफ दिन नसक्ने नयाँ  ब्यक्तिहरुलाई पठाएर स्थानीय प्रशासनको मान मर्दन समेत गर्ने निर्माण ब्यवसायीहरुलाई पर्सिको दिन देखी कामका आधारमा स्थानीय प्रशासनले कारवाही गर्ने पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले जानकारी दिए ।

 

काम नगरेको आरोपमा जिल्ला प्रशासन कार्यालय पर्साले निर्माण व्यवसायीलाई धमाधम पक्राउ गर्न थालेको छ । पर्साका सिडिओ नारायण भट्टराईको निर्देशनमा व्यवसायी समातिएपछि यवसायीहरू त्रसित भएका छन् । सोमबार पर्साका प्रमुख जिल्ला अधिकारीको आदेशमा प्रहरीले पप्पु कन्स्ट्रकसनका सब इन्जिनियर सन्तोस साहलाई नियन्त्रणमा लिएको छ ।

 

शुक्रबार चौरसिया निर्माण सेवाका धीरजकुमार चौरसियालाई पक्राउ परेका थिए । बैशाख १६ गतेकालागि जिल्ला प्रशासन कार्यालय पर्साले पर्सामा संचालीत परियोजनाका निर्माण पक्ष ठेक्का लगाउने सरकारी कार्यालय संचारकर्मी र स्थानीय प्रशासनको सहभागितामा महत्वपूर्ण बैठक आव्हान गरेको थियो । तर बैठकमा काम नगर्ने र गरे पनि गुणस्तरीय काम नगर्ने पप्पुको तर्फबाट सव ईन्जिनियर साह बैठकमा सहभागि थिए ।

 

बैठकको महत्वलाई आनादर गर्ने पप्पुको रबैयका कारण र कामको सन्दर्भमा साहले चित्त बुझ्दो जवाफ दिन नसकेका कारण उनलाई स्थानीय प्रशासनले पप्पुका आधिकारीक ब्यक्ति नआउदा सम्मकालागि नियन्त्रणमा लिएको थियो । 


पर्साका निर्माण व्यवसायीलाई विकास निर्माणका योजनामा बारेमा छलफल भइरहेको बेलामा इन्जिनियर साहलाई नियन्त्रणमा राखिएको हो । प्रमुख जिल्ला अधिकारीले सहभागी अन्य निर्माण व्यवसायी र प्रतिनिधिलाई कार्य प्रगति पेश गर्न निर्देशन दिएका थिए ।

 

ठेकेदारका प्रतिनिधिलाई आधिकारिक व्यक्ति उपस्थित नगराउन्जेल नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए । पप्पुले एक्लै र ज्वाइन्ट भेन्चरमा पर्सामा आधा दर्जन भन्दा बढी परियोजना निर्माणको जिम्मा लिएको छ । तर उसले जिम्मा लिउको कुनै पनि कामको प्रगती सन्तोष जनक नरहेको सरोकारवाला कार्यालयका प्रमुखहरुले बताएका छन । 


तिलावे पुलको डिजाइन र निर्माणको सम्पूर्ण जिम्मा पप्पु कन्सट्रक्सनको भएको हुलाकी राजमार्गको बीरगंज स्थित कार्यालयले जनाएको छ । तर पप्पुले डाइभरसन नदिएको भन्दै गएको नौ महिनादेखी काम रोकेको छ । 
पर्साका प्रमुख जिल्ला अधिकारी भट्टराईले पर्साको बिकासमा संचालीत परियोजनाहरु अधिकाशको समय सकिएको भएपनि निर्माण सम्पन्न नभएपछि काममा गति ल्याउन सक्रियाता देखाएका हुन । प्रजिअको सक्रियताले ब्यवसायीलाई “अव उपाय छैन काम गर्नै पर्छ भन्ने अवस्थामा पु¥याएको छ ” ।

 

प्रजिअ भट्टराईले पर्साको बिकासमा जति परियोजना संचालनमा छन त्यसको निर्माण भएको भए पर्साको अवस्था अर्के हुने बताए । यति गैरजिम्मेवार हुन पाइदैन उनले भने काम नगर्ने ठेकेदार काम गराउन नसक्ने सरकारी कार्यालयदुवैलाई कारवाही गर्ने उनले दृढता ब्यत्त, गरे ।

 

उनले पुरस्कार र  दण्डको ब्यवस्था गरेको जानकारी दिदै काम नगर्नेलाई कानूनले देखाएको बाटोको अधिनमा रही समाप्त गर्ने काममा कुनै मोलाहिजा नराखिने चेतावनी दिए । प्रजिअ पौडेलको यो केदमले पर्साका आम जनाताले नयाँ अनुभूती गर्न पाउने बिश्वास गरिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.