logo

सरकारको प्रेस स्वतन्त्रता बिरोधी कामका  बिरुद्ध संचारकर्मीहरु सडकमा

      5/1/2019 गते 00 00 मा प्रकाशित     898   पटक पढिएको

जनकपुरधाम १८ बैशाख ।  नेपाल पत्रकार महासंघ प्रदेश समिति २ ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि ऐक्यवद्धता र्‍याली निकालेको छ । जनकपुरको जानकी मन्दिरबाट सुरु भएको र्‍याली रेल्वे स्टेसनका पुगेर कोण सभामा परिणत भएको थियो । 

रेल्वे स्टेसन आयोजित कोणसभालाई सम्बोधन गर्दै अधिकांश वक्ताहरूले प्रेस स्वतन्त्रताका विषयमा गम्भीर हुन सरकार र सरोकारवालाको ध्यानाकर्षण गराएका छन् । उनीहरुले गणतन्त्रको लागि  सडकबाटै राजनीतिक दलहरुको सहयोगी बनेको संचार क्षेत्र आज तिनै दलको हातमा सत्ता र शक्ति पुग्दा लोकतन्त्रको रक्षाको माग गर्दै आन्दोलनमा उत्रिनु परेको चिन्ता ब्यक्त गरे । 
कार्यक्रममा प्रजातन्त्र सेनानी बरिष्ठ पत्रकार राजेश्वर नेपाललीले प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको रक्षाकालागि सबै एक  हुनु पर्नेमा जोड दिए । उनले सत्तामा जो सुकैहोस जनताको बिश्वास प्राप्त शक्तिलाई कमजोर बनाउन उद्धत रहने बताउदै दुईतिहाईको सरकार प्रेस बिरोधी काममा लागेको बताए

प्रेस काउन्सिलका सदस्य नवल यादवले सरकारले सञ्चारकर्मीलाई स्वतन्त्र भएर काम गर्न नदिएको आरोप लगाए । यस विषयमा संघीय सरकार भन्दा प्रदेश सरकार अझै अगाडि रहेको उनको भनाइ थियो । उनले सञ्चारकर्मी एकजुट हुन नसकेकोले यस्तो परिस्थिति आएको जिकिर गर्दै प्रेस र अभिव्यक्ति स्वतन्त्रताका लागि एक हुन सबै सबै सञ्चारकर्मीलाई आग्रह गरे । 

नेपाल पत्रकार महासंघ प्रदेश समितिका  उपाध्यक्ष के.सी .लामिछानेले विद्युतीय कारोबार ऐनका धारा प्रयोग गर्दै सरकारले सञ्चारकर्मीमाथि धरपकड सुरु गरेको प्रति भर्त्सना गर्दै सरकारलाई संचारमैत्री बन्न आग्रह गरे ।

वरिष्ठ पत्रकार रामभरोश कापडीले तथ्यका आधारमा निष्पक्ष समाचार लेख्ने पत्रकारमाथि धरपकड नगर्न चेतावनी दिए । सत्य तथ्य लेख्ने एउटा कलम बन्द गरिए हजारौँ कलम जन्मिने उनको भनाइ थियो । 

नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रले पत्रकारको हक हितकालागि सबै सञ्चारकर्मी एक भएर अगाडि बढ्ने बेला आएको  बताए ।

लेखक तथा साहित्यकार रोशन जनकपुरले संच्चारकर्मीले आफ्नै बारे कलम चलाउने अवस्था आएको बताए । सञ्चारकर्मीलाई सरकारले सधैँ शत्रुको व्यवहार गर्ने गरेको स्मरण गर्दै उनले यसको विरुद्ध सञ्चारकर्मी स्वयंले अभियान चलाउनुपर्ने धारणा राखे । 
नेपाल पत्रकार महासंघ प्रदेश समितिका अध्यक्ष दीपेन्द्र चोहानको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव किरण कर्णले गरेका थिए ।

जनकपुरको जानकी मन्दिरबाट सुरु भएको पत्रकार हरूको  र्‍याली जनक चोक, शिव चोक, भानु चोक हुँदै रेल्वे स्टेसन पुगेको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.