logo

प्रदेश पत्रकार महासंघको पहिलो अधिवेशन जेठ मसान्तमा हुने, लामिछानेको नेतृत्वमा मुल समिति बन्यो

      5/1/2019 गते 00 00 मा प्रकाशित     676   पटक पढिएको

जनकपुरधाम १८ बैशाख ।  नेपाल पत्रकार महासंघ प्रदेश २ को प्रथम अधिवेशन जेठको ३१ र ३२ गते प्रदेश २ को राजधानी जनकपुरधाममा हुने भएको छ ।

 

महासंघ प्रदेश समितिको आज जनकपुरमा सम्पन्न प्रदेश समितिको बैठकले अधिवेशनको मिति तय गरेको हो । अधिवेशनलाई भब्यरुपमा सफल पार्नका निम्ति समितिका उपाध्यक्ष के.सी लामिछानेको संयोजकत्व मूल ब्यवस्थापन समिति निर्माण भएको छ ।

समितिको सदस्यहरुमा  अर्का उपाध्यक्ष रिन्कु मिश्र महासचिव किरण कुमार कर्ण ,कोषाध्यक्ष प्रविण साह सदस्यहरु अजय साह हदीश खुद्यदार राजन सिंह र नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष अनिल मिश्र रहेका छन । 
बैठकले महासचिव कर्णलाई सागठानीक प्रतिवेदन र कोषााध्यक्ष प्रविण साहलाई आर्थिक प्रतिवेदन निर्माणको जिम्मा दिएको छ ।

 

बैठकले बिधुतीय कारोवार ऐनको दफा ४७ र ४८ को प्रयोग गरेर पत्रकारलाई दुःख दिने काम हुदै आएको प्रति गम्भिर चासो ब्यक्त गर्दै पत्रकारलाई दुःख दिने ति दुबै धारा खारेजीको माग गरेको अध्यक्ष दीपेन्द्र चौहानले बताए ।


बैठकले प्रदेशबाट एक जना पत्रकारलाई पुरस्कृत गर्ने गरि गरिएको निर्णयलाई प्रथम अधिवेशनमा कार्यान्वयन गर्ने निर्णय गरेको छ । सो को लागि पुरस्कृत ब्यक्तिको छनोटकालागि दीपेन्द्र चौहानको संयोजकत्वमा तीन सदस्यीय समिति निर्माण भएको महासचिव कर्णले जानकारी दिए ।


बैठक समितिका अध्यक्ष दीपेन्द्र चौहानको अध्यक्षतामा भएको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.