logo

मरिच बरामद भएपछि तस्करको मोबाइलमा पत्रकारको कल

      5/9/2019 गते 00 00 मा प्रकाशित     1648   पटक पढिएको

बैशाख  २६ वीरगन्ज ।
सोमबार राती करिब एक बजेको समयमा ठाकुरराम बहुमुखी क्याम्पस पछाडिको सिर्सिया पुल नजिकै नेपाल प्रहरीको प्रदेश कार्यालय जनकपुरको टोलीले २ सय किलो मरिच बरामद ग¥यो ।

 

दुईवटा भारतीय मोटरसाइकलमा मरिच लोड गरि भारतर्फ लगिरहेको अवस्थामा प्रहरीले रक्सौल निवासी दिपेन्द्र मण्डल र वीरगन्ज २२ बस्ने विनोद पटेललाई पक्राउ गरेको थियो । मरिच पास गराउन ‘लाइनर’ को काम गर्ने रक्सौलका तारकेश्वरलाई पनि प्रहरीले पक्राउ गर्न खोजेको थियो ।

 

तर, उनी मोटरसाइकलमा भाग्न सफल भए । तारकेश्वरको मोबाइल भने प्रहरीले नियन्त्रणमा लियो । मरिच र मोटरसाइकल सहित मण्डल र पटेललाई जनकपुरको टोलीले जिल्ला प्रहरी कार्यालय पर्सा बुझाएर कोठामा सुत्न गयो । सुतेको केही बेरमै तारकेश्वरको मोबाइलको रिङ्गटोन बज्यो । वाराका एकजना पत्रकारको नामले ‘सेभ’ भएको नम्बरबाट कल आएको थियो । 


प्रहरीले कल रिसिभ गर्ने बित्तिकै उताबाट आवाज आयो – तारकेश्वर जी, माल पकडा नु गइल । प्रहरी – हु । पत्रकार – ‘हम कहते रनि ह कि जनकपुर के टोली आइल बा, अपने ना मननी ह । ठीक बा फ्रेस होकर बात करि ।’ यति भनेर उतबाट फोन काटियो ।

 

प्रहरीसंगको मिलोमतो देखिएपछि प्रदेश प्रहरी कार्यालयले आदर्शनगर एसटीएफ इन्चार्ज दिलिप सिंहलाई निलम्बन गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका क्राइम टोली इन्चार्ज इन्सपेक्टर राजेश दत्तसहित तीन प्रहरी अधिकृतलाई जनकपुर कार्यालय झिकाएर सख्त चेतावनी दिइएको छ ।

 

एसपी रेवती ढकालका विश्वास पात्र मानिने इन्सपेक्टर दत्तले नै जिल्लामा तस्करीको लाइन खोल्ने गरेका छन् । तस्कर र मरिचलाई थप अनुसन्धानका लागि वीरगन्ज भन्सार कार्यालय पठाइएको छ ।

पटेल र मण्डल धरौटीमा रिहा भएपनि प्रहरीले फेरि पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा राखेको छ । ‘तस्करसंग सम्पर्क भएकै आधारमा एक प्रहरी निलम्बन परे, तीन जनाले चेतावनी पाए,’ एक प्रहरी अधिकृत भन्छन्, ‘तर, तस्करसंग निरन्तर सम्पर्कमा बस्ने पत्रकारलाई चाहि केही नहुने रहेछ ।’

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.