logo

मरिच बरामद भएपछि तस्करको मोबाइलमा पत्रकारको कल

      5/9/2019 गते 00 00 मा प्रकाशित     1749   पटक पढिएको

बैशाख  २६ वीरगन्ज ।
सोमबार राती करिब एक बजेको समयमा ठाकुरराम बहुमुखी क्याम्पस पछाडिको सिर्सिया पुल नजिकै नेपाल प्रहरीको प्रदेश कार्यालय जनकपुरको टोलीले २ सय किलो मरिच बरामद ग¥यो ।

 

दुईवटा भारतीय मोटरसाइकलमा मरिच लोड गरि भारतर्फ लगिरहेको अवस्थामा प्रहरीले रक्सौल निवासी दिपेन्द्र मण्डल र वीरगन्ज २२ बस्ने विनोद पटेललाई पक्राउ गरेको थियो । मरिच पास गराउन ‘लाइनर’ को काम गर्ने रक्सौलका तारकेश्वरलाई पनि प्रहरीले पक्राउ गर्न खोजेको थियो ।

 

तर, उनी मोटरसाइकलमा भाग्न सफल भए । तारकेश्वरको मोबाइल भने प्रहरीले नियन्त्रणमा लियो । मरिच र मोटरसाइकल सहित मण्डल र पटेललाई जनकपुरको टोलीले जिल्ला प्रहरी कार्यालय पर्सा बुझाएर कोठामा सुत्न गयो । सुतेको केही बेरमै तारकेश्वरको मोबाइलको रिङ्गटोन बज्यो । वाराका एकजना पत्रकारको नामले ‘सेभ’ भएको नम्बरबाट कल आएको थियो । 


प्रहरीले कल रिसिभ गर्ने बित्तिकै उताबाट आवाज आयो – तारकेश्वर जी, माल पकडा नु गइल । प्रहरी – हु । पत्रकार – ‘हम कहते रनि ह कि जनकपुर के टोली आइल बा, अपने ना मननी ह । ठीक बा फ्रेस होकर बात करि ।’ यति भनेर उतबाट फोन काटियो ।

 

प्रहरीसंगको मिलोमतो देखिएपछि प्रदेश प्रहरी कार्यालयले आदर्शनगर एसटीएफ इन्चार्ज दिलिप सिंहलाई निलम्बन गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका क्राइम टोली इन्चार्ज इन्सपेक्टर राजेश दत्तसहित तीन प्रहरी अधिकृतलाई जनकपुर कार्यालय झिकाएर सख्त चेतावनी दिइएको छ ।

 

एसपी रेवती ढकालका विश्वास पात्र मानिने इन्सपेक्टर दत्तले नै जिल्लामा तस्करीको लाइन खोल्ने गरेका छन् । तस्कर र मरिचलाई थप अनुसन्धानका लागि वीरगन्ज भन्सार कार्यालय पठाइएको छ ।

पटेल र मण्डल धरौटीमा रिहा भएपनि प्रहरीले फेरि पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा राखेको छ । ‘तस्करसंग सम्पर्क भएकै आधारमा एक प्रहरी निलम्बन परे, तीन जनाले चेतावनी पाए,’ एक प्रहरी अधिकृत भन्छन्, ‘तर, तस्करसंग निरन्तर सम्पर्कमा बस्ने पत्रकारलाई चाहि केही नहुने रहेछ ।’

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.