logo

छात्राहरुलाई बिद्यालयबाट निष्काशन गर्ने प्रअको धम्की, छात्राहरु चिन्तित

      5/11/2019 गते 00 00 मा प्रकाशित     1003   पटक पढिएको

 बैशाख २८  पर्सा ।
बिद्यालयमा शौचालयको समुचित ब्यवस्था पुस्तकको बितरण र भौतीक सरचना निर्माण तथा मरम्मत सम्भार र गर्न गाउँपालिका प्रमुखसंग माग गर्न गएका छात्राहरुलाई बिद्यालयका प्रधानाध्यापक  अमरुल्लाह आलमले निष्काशनको धम्की दिएका छन ।

    छात्राहरूले विद्यालयमा शौचालयको समुचित व्यवस्था नभएको, पुस्तक वितरण नगरिएको, विद्यालयको भौतिक संरचनाको मर्मतसम्भार नगरिएको, फर्निचर यथोचित नभएकोलगायतका गुनासाहरू बैशाख २६ गते  धोबिनी गाउँपालिकाका प्रमुख सुरेशप्रसाद कुर्मीसमक्ष राखेका थिए । 


    छात्राहरूले हिजो गापा प्रमुखसमक्ष समस्या राखेको विषयलाई लिएर विद्यालयका प्रअ अमरुल्लाह आलमले निष्कासनको धम्की दिएको छात्राहरूले गुनासो गरेका छन् ।  कक्षा ९ मा अध्ययनरत छात्रा चाँदनी कुमारीले विद्यालय प्रशासनले समस्या समाधान नगरेको हुँदा गापाको ध्यानाकर्षण गराइएको र सो गराउँदा प्रअले निष्कासनको धम्की दिएको बताइन् । उनले कक्षा कोठामा झ्याल, ढोका नहुँदा हुरीबतासको बेला अध्ययनमा निकै समस्या हुने गरेको बताइन् । 


    यसैगरी फर्निचरको अभावमा छात्राहरू कक्षाकोठामा उभिएर पढ्नुपर्ने अवस्था रहेको, छात्राहरू गुनासो छ ।  छात्राहरुकोलागि  अलग शौचालयको ब्यवस्था छैन बिद्यालयमा एउटा मात्र शौचालय रहेको र त्यसमा ठूलो सङ्ख्यामा रहेका छात्राहरू लामबद्ध भएर लामो समयसम्म बस्नुपर्ने अवस्था भएकोले सोको निराकरणको लागि गापाको ध्यानाकर्षण गराइएको चाँदनीले  बताइन् । छात्राहरूलाई प्रअले निष्कासनको धम्की दिएपछि बिद्यालयका  छात्राहरू चिन्तित छन  । 


    छात्राहरूको गुनासो सम्बन्धमा प्रअ आलमसँग बुझ्दा उनले विद्यालय समयमा छात्राहरू कहींकतै जाँदा जानकारी गराएर जानुपर्नेमा सो नगरेकाले सामान्य झपारेको मात्र बताए । उनले एक साताभित्र पुस्तकको समस्या समाधान हुने बताउँदै छात्राहरूको लागि एउटा मात्र शौचालय हुँदा समस्या भएको स्वीकारे । उनले आर्थिक अभावको कारण विद्यालयको भौतिक संरचनामा सुधार गर्न नसकिएको र स्थानीय तहले विद्यालयको स्तरोन्नतिका लागि कुनै पहल नगरेको गुनासो गरे ।


    नेराप्रावि भिखमपुरमा १ हजार २ सय विद्यार्थी अध्ययनरत छन् । तर धेरैजसो विषयगत शिक्ष्ँकको अभाव छ । स्थानीय तह गठन भएको डेढ वर्ष बितिसक्दा पनि मातहतका विद्यालयहरूको भौतिक संरचना सुधारमा ध्यान दिइएको छैन ।


प्रअले दिएको निष्काशनको धम्की पछि रुदै गुनासो गर्दै छात्राहरु 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.