logo

एभिन्यूजको ब्यूरो कार्यालयमा समाजवादी कार्यकर्ताको हमला

      5/13/2019 गते 00 00 मा प्रकाशित     533   पटक पढिएको

बीरगंज, ३० बैशाख । एभिन्युज टेलिभिजनको बीरगंज कार्यालयमा केही युवाहरुले  तोडफोड गरेका छन् ।

मुखमा कालोपट्टी बाँधेर आएका केही युवाहरुले कार्यालयमा तोडफोड गरेको पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले जानकारी दिए।  तोडफोडबाट बाहिर राखिएका बोर्ड, ढोका तथा झ्यालका सिसाहरु फुट्नुका साथै क्यामेरा पर्सन जाकिर हुसैनको क्यामेरामा समेत क्षति पुगेको ढकालले जानकारी दिए ।

समाजवादी पार्टीका बीरगंजका कार्यकर्ता  तथ बीरगंज महानग। पालिका वडा नं १३ कावडा अध्यक्ष तुफन अन्सारी बिद्यार्थी नेता निखिल वरनवालसहितका युवाहरुले  तोडफोड गरेको एभिन्युज खबरका पर्साका संवाददाता हरीशंकर शर्माले बताए ।
पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भटटराइ, प्रहरी उपरिक्षक रेवति ढकाल लगायतले निरिक्षण गरेका छन ।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले तोडफोडमा संलग्नलार्इ छिटोभन्दा छिटो पक्राउ गरी कारवाही गर्न प्रहरी प्रशासन सँग माग  गरेका छन  ।

एभीन्युज टेलिभिजनको सकस राजनीति कार्यक्रममा उपप्रधानमन्त्री उपेन्द्र यादवले कार्यक्रम सञ्चालक पत्रकारको ब्यवहारको बिरोधमा तोडफोड गरेको हुन सक्ने एभिन्यूजका केन्द्रीय ब्यूरो प्रमुख राजु श्रेष्ठले बताए । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.