logo

मदन गुप्ताका ज्वाई ससुरा सहित दश जना बिरुद्ध बिशेष अदालतमा मुद्धा दायर 

      5/15/2019 गते 00 00 मा प्रकाशित     1657   पटक पढिएको

बीरगंज १ जेठ  ।
मालपोत कार्यालय सीमराका तत्कालीन प्रमुख नायव सुब्बा मदन प्रसाद गुप्ता बिरुद्ध अख्तियार दुरुपयो अनुसन्धान आयोगले बिशेष अदालतमा आरोप पत्र दर्ता गराएको छ । 

 मदन प्रसाद गुप्ताले मिति ०७४ कार्तिक २० देखी ०७५ साउन २८सम्ममा सक्कली नगदी रसिद प्रयोग गरी  तीन करोड, सैतीस लाख, अन्ठानब्बे हजार सात सय छयालीस  र नक्कली रसिद प्रयोग गरी  एक करोड, पैंतीस लाख, सत्तरी हजार दुई सय चौरानब्बे  गरी जम्मा  चार करोड, त्रिहत्तर लाख, उनान्सत्तरी हजार चालीस  संकलन गरेको देखिएकोमा संकलित राजश्व रकममध्ये  दुई करोडपचास लाख छयासी हजार छ सय चालीस  खाई मासेको तथा हिनामिना गरेको देखिएको आरोपपत्रमा उल्लेख छ । 

संकलीत राजस्व सोही दिन सम्भाव नभए भोलीपल्ट समबन्धीत राजजस्व खातामा दाखिला गरि भौचर कार्यालय प्रमुख बाट प्रमाणीत गराई अभिलेख राख्नु पर्नेमा गुप्ताले त्यसो नगरेको आरोपपत्रमा उल्लेख छ । 
गुप्ताले  पदको दुरुपयोग गरी बदनियतपूर्वक आफूलाई तोकिएको जिम्मेवारी र पदीय दायित्वबाट बिमुख भई आफू समेतलाई गैरकानूनी लाभ एवम् प्रत्यक्ष फाइदा पुर्याकउने र नेपाल सरकारलाई गैरकानुनी हानी पु¥याएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।  

 

कार्यालयबाट संकलित राजश्व सम्वन्धित राजश्व खातामा तोकिएको समयमा जम्मा नगर्ने, राजश्व संकलनको लागि नक्कली नगदी रसिद प्रयोग गर्नेतथा आफू कार्यरत रहेको कार्यालयको राजश्व संकलनको विवरण र हिसाब किताब दुरुस्त राख्ने् कार्य नगरी राजस्व खाइमास्ने काममा मालपोत कार्यालय, कलैया, बाराका तत्कालीन कार्यालय प्रमुख (मालपोत अधिकृत) राजराजेश्वर त्रिवेदी, फाँटवाला (नायव सुब्बा) मदन प्रसाद गुप्ता र लेखापाल युगल किशोर ठाकुर  बिरुद्ध अख्तियारले आरोप पत्र दायर गरेको प्रवक्ता प्रदीप कोइरालाले जनाएका छन  । 


 भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को देहाय (ग) वमोजिमको कार्य गरी सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (झ) वमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले उक्त कसूर अपराधमा  राजराजेश्वर त्रिवेदी, मदन प्रसाद गुप्ता र युगल किशोर ठाकुरलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ र सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (झ) बमोजिम हदैसम्मको सजाय हुन माग दावी गरिएको छ । 


 लेखा परीक्षणका आधारभूत सिद्धान्त विपरित बदनियतपूर्वक लेखा परीक्षण प्रतिवेदन तयार गरेको देखिएकोले कोष तथा लेखा नियन्त्रक कार्यालय, बाराका लेखापालद्वय प्रविण गौतम र कमल खतिवडा र महालेखा परीक्षकको कार्यालय, बबरमहल काठमाण्डौका निर्देशक अजय कुमार सापकोटाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (१) वमोजिमको कसूर गरेको पुष्टि हुन आएकोले उक्त कसूर अपराधमा निज प्रतिवादीहरु प्रविण गौतम, कमल खतिवडा, अजय कुमार सापकोटालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (१) बमोजिम हदैसम्मको सजाय हुन मागदाबी लिई विशेष अदालतमा आरोप पत्र दायर गरिएको छ । 

मालपोत कार्यालय, कलैया, बाराका तत्कालीन नायव सुब्बा मदन प्रसाद गुप्ताले मालपोत कार्यालय, कलैया, बारामा रजिष्ट्रेसन फाँट नं ३ सँग सबै सक्कल कागजातहर लिखत र रसिदहरु आफनो ड्राइभरको डेरामा राखेका थिए ।

 

लिखत ,दर्ता किताव जस्ता कागजातहरु नष्ट गर्ने मनसायले गुप्ताले राखेको र उनको यस्तो काममा  , लेखापाल युगल किशोर ठाकुर, मालपोत कार्यालय, सिमराका नायव सुव्बा शत्रुधन राउत र भूमिसुधार तथा मालपोत कार्यालय, पर्साका कार्यालय सहयोगी निरज कुमार गुप्ताले सहयोग गरेको भन्दै उनीहरु बिरुद्ध पनि अख्तियारले आरोप पत्र दायर गरेको छ ।

मालपोत कार्यालय बीरगंजमा कार्यरत कार्यालय सहयोगी निरज गुप्ता भने मदन गुप्ताका आफनै ज्वाई हुन । अख्तियारले गुप्ताका चालक सुनिल कुमार पटेल बिरुद्ध पनि आरोप पत्र दायर गरेको छ । 

गूप्तालाई मुख्य गरि भ्रष्टाचार निवारण ऐन ०५९ को दफा ७ अनुसारको माग दावी गरिएको छ । दफा ७ मा  राजश्व उठाउनु पर्ने कर्तव्य भएको राष्ट्रसेवकले देहायको काम गरी राजश्व चुहावट गरेमा वा राजश्व चुहावट गर्न कसैलाई मद्दत पु¥याएमा वा आफू समेत संलग्न भई दुरुत्साहन दिएमा निजले चुहावट भएको राजश्व रकम अनुसार दफा ३ बमोजिमको कसुर गरेको मानिनेछ र सोही बमोजिम कैदको सजाय गरी त्यसरी चुहावट भएको राजश्व रकमको दोब्बर जरिबाना हुने ब्यवस्था रहेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.