logo

अपहरण गरिएका बालकको हत्या ,भाग्न खोज्ने अभियुक्तलाई लाग्यो गोली 

      5/29/2019 गते 00 00 मा प्रकाशित     1109   पटक पढिएको

जेठ १५ बीरगंज ।
गत शुक्रबार अपहरणमा परेका वीरगञ्ज महानगरपालिका–३ प्रगति नगरका एक बालकको हत्या भएको छ ।

स्थानीय शम्भु साह तुराहका ७ वर्षीय छोरा करण साहको अपहरणपछि हत्या भएको हो । बिद्यालयबाट फर्कदै गरेका बालक साह अपहरणमा परेका थिए ।

शम्भू साह तुराहको घर नजिकै डेरा गरि बस्ने भारतीय नागरिक बिकास शर्माले फकाई फूलाई अपहरण गरेका थिए ।

 


जिल्ला प्रहरी कार्यालय पर्साले अपहरणमा परेका बालकको शव कलैया उपमहानगरपालिका–२५ को खौरहीस्थित खोलामा फेला पा¥यो । बिकास शर्मालाई मंगलवार नियन्त्रणमा लिएपछि ।

 

उनीहरुले वालकको शव भएको ठाउ देखाएका हुन । शव देखाईसके पछि भाग्न खोज्दा प्रहरीले चार राउण्ड फायर ग¥यो । बिकास शर्मा र सिकेन्द्र साहलाई गोली लागेको छ । घुडामा गोली लागेको उनीहरुको नारायणी अस्पतालमा प्रहरी निगरानीमा उपचार भइरहेको छ ।

 

  शुक्रवार बिहान अपहरण गरिएका वालक करण साहको सोही दिन हत्या भएको अनुसन्धान बाट खुलेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले बताउनु भयो ।


शम्भूको घर नजिक डेरा गरि बस्ने  बिकास शर्मा संग बेला बेलामा झैझगडा हुने गरेको थियो । शम्भूसंग बदला लिने र पैसा समेत कमाउने उद्धेश्य राखेर शर्माले आफना साथीहरु बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं११ का २१ वर्षिय सिकेन्द्र तेली बाराकै खपरताता बस्ने वर्ष २१ को रामबिनेश महतोको सहयोगमा वालकको अपहरण गरेको अनुसन्धान बाट खुलेको छ ।

 

अपहरणकारीले शुक्रवार राती नै नेपाली मोवाइल नम्बरको प्रयोग गरेर ३० लाख रुपैया माग गरेको र उनीहरुको लोकेशन कलैया देखिदा समेत प्रहरीले चासो पूर्वक अनुसन्धान नगरेको वालकका बुवा शम्भू साह तुराहको गुनासो रहेको छ । 


अपहरणपछि उनीहरुले शुरुमा ३० लाख फिरौती मागेका थिए । तर, परिवारका सदस्यले यतिका पैसा नभएको भन्दै ५ लाखमा सहमति गरेका थिए । पीडितले वालकको उद्धारमा बेलैमा प्रहरीले सहयोग नगरेको आरोप लगाउदै आएका छन । तर पर्सा प्रहरीले भने प्रहरीले आफनो सक्रियतामा कुनै कमी नाराखेको दावी गरेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.