logo

दुई  आयोजनाको सडक एउटै

      6/5/2019 गते 00 00 मा प्रकाशित     833   पटक पढिएको


भूषण यादव
वीरगन्ज / वीरगन्ज-कलैया हुलाकी सडकसँगै जोडिएको फेटा गाउँपालिकाको भलुही चोकदेखि भरवलिया र विनवलिया हुँदै शिव मन्दिरसम्मको बाटोमा माटो तथा ग्राभेलसहित कालोपत्रेका लागि तराई मधेस समृद्धि कार्यक्रमले चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ छुट्याएको छ । 


सोही सडक खण्डको बीच भागमा पर्ने करिब एक किलोमिटर मनगढवादेखि विनवलियामा बारा क्षेत्र नम्बर ४ का सांसद एकवाल मियाँको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट १५ लाख रुपैयाँ बराबरको उपभोक्ता समितिमार्फत माटो पुरेर ग्राभेल भर्ने काम भएको छ ।

तराई मधेस समृद्धि कार्यक्रम केन्द्रीय समन्वय एकाइले स्थानीय तहबाट माग भएबमोजिमका कार्यक्रम गत मंसिर २५ मा स्वीकृत गरी कार्यान्वयनका लागि पत्राचार गरेको थियो ।

फेटा गाउँपालिकाले फागुन २० मा उक्त सडक खण्ड माटो तथा ग्राभेलसहित कालोपत्रेका लागि बोलपत्र आह्वान गरेको थियो । बाराको अशोक कन्स्ट्रक्सनले २८ लाख रुपैयाँमा ठेक्का सकार गरेको छ ।

एउटै सडक खण्डमा दुईवटा आयोजनाले बजेट खर्चिंदा अनियमितता हुने स्थानीयले आरोप लगाएका छन् । उपभोक्ता समिति अध्यक्ष किशोरी राउत आफ्नो योजना पहिले बनेको दाबी गर्छन् । ‘माटो पुरेर ग्राभेल गर्ने काम सम्पन्न भएको छ,’ उनले भने, ‘अब सम्याउन मात्र बाँकी छ, तराई मधेस समृद्धिले स्वीकृत गर्नुभन्दा अगाडि नै हाम्रो योजना बनेको थियो ।’

उपभोक्ता समितिले ग्राभेल हालेको वडाध्यक्ष जयप्रकाश दासले चालु आर्थिक वर्षमा तराई मधेस समृद्धि कार्यक्रमले छुट्याएको रकमबाट यहाँसम्मको सडक निर्माण गर्न नसकिने भएकाले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमले १५ लाख रुपैयाँ खर्चेको बताए । जबकि गत वैशाख २६ मा गाउँ कार्यपालिकाले अपुग रकमका लागि तराई मधेस समृद्धि कार्यक्रमबाट माग गर्ने गरेको निर्णयमा वडाध्यक्ष दासले समेत हस्ताक्षर गरेका छन् ।

‘तराई मधेस समृद्धि कार्यक्रमबाट आगामी आर्थिक वर्षमा आउने बजेटबाट उपभोक्ताले गरेको ग्राभेलमा कालोपत्रे मात्र गर्छौं,’ उनले भने, ‘एउटै आयोजनामा बजेट दोहोरिँदा अनियमितता हुँदैन ।’

वर्षातमा स्थानीयले आवतजावतमा समस्या भौग्दै आएका थिए । गाउँपालिकाले गत मंसिर ७ गते बाटोमा माटो तथा ग्राभेलसहित कालोपत्रेका लागि स्थानीय तहबाट बेहोरिने १० प्रतिशतबाहेक ४ करोड ५० लाख रुपैयाँ माग गरेको थियो । तराई मधेस समृद्धि कार्यक्रमको केन्द्रीय एकाइले उक्त कार्यक्रम स्वीकृत गरी पहिलो आवमा ५० लाख रुपैयाँ विनियोजन गरेको थियो ।

रकम अपुग भएपछि गत वैशाख २६ मा फेटा गाउँपालिकाको गाउँ कार्यपालिकाले तराई मधेस समृद्धि कार्यक्रमको केन्द्रीय समन्वय एकाइबाट आगामी आर्थिक वर्षका लागि गाउँपालिकाबाट १० प्रतिशत रकम सुनिश्चित गरी सोही सडक खण्डका लागि ५ करोड रुपैयाँ माग गर्ने निर्णय गरेको छ ।

तराई मधेस समृद्धि कार्यक्रम सञ्चालन कार्यविधि ०७५ अनुसार चालु आव ०७५र७६ का लागि तराई मधेस समृद्धि कार्यक्रम केन्द्रीय समन्वय एकाइबाट तराई मधेसका २१ जिल्लाका सबै स्थानीय तहमा आयोजना सञ्चालनमा रहेका छन् । तराई मधेसका आर्थिक, सामाजिक रूपले पछाडि परेका वर्ग र समुदायको आर्थिक, सामाजिक रूपान्तरणका लागि कार्यक्रम सञ्चालनमा आएको हो ।साभारःwww.kantipurdaily.com

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.