logo

जेलबाट निस्कने बित्तिकै पक्राउ परे खनाल

      6/8/2019 गते 00 00 मा प्रकाशित     621   पटक पढिएको

बीरगंज २५ जेठ ।
सादा पोशाकका प्रहरीले बीरगंज कारागार गेटबाट एक जनालाई गिरफ्तार गरेको छ । बारा जिल्लाको जीतपुर सीमरा उपमहानगरपालिका वडा नं २ मुसर्नीमाईमा बस्दै आएका ४५ वर्षिय भिम खनाल भनेर चिनिने चुडामडी खनाललाई प्रहरीले गिरफ्तार गरेको हो ।


०७५ फाल्गुण २५ गते घरबाटै गिरफ्तार भएका खनाललाई शान्ति सुरक्षा अन्र्तगत दुई महिनाको कैद सजाय भएको थियो । कैद भूक्तान गरेर कारागारबाट निस्किएका खनाललाई कारागार गेटबाटै पर्सा प्रहरीले गिरफ्तार गरेको हो । 


सादा पोशाकका प्रहरीले उहाँलाई तीनतीरबाट घेरा हालेर मोटरसाइकलमा चढाई लिएर गए  खनालका छिमेकी कृष्ण थापाले भने । प्रहरीले तपाईहरु जिल्ला प्रहरी कार्यालयमा आउनु होला केही कुरा बुझ्नु पर्ने छ भनेर प्रहरीले भनेको थापाको भनाई छ ।

जिल्ला प्रहरी कार्यालयमा भेटिएका उनीहरुले खनालको गिरफ्तारीको आलोचना गरे । खनालको गिरफ्तारी मानव अधिकारको उल्लंघन भएको उनीहरुको भनाई छ ।

 

पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले गिरफतारीको पुष्टि गरेका छन । उनी नेकपा माओवादी बिप्लव समुहमा संगठीत भएको भन्ने आधारमा छानविन भइरहेको उनले बताए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.