logo

ठोस  र कार्यान्वयनयोग्य नीति बनाउन महानगरलाई नागरिक अगुवाको सुझाव

      6/10/2019 गते 00 00 मा प्रकाशित     919   पटक पढिएको

वीरगन्ज २७ जेठ  ।
वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले ठुला पार्टीहरुनै लोकतान्त्रीक मुल्यमान्यता  विपरितका काममा लागेको भन्दै गुनासो गरेका छन ।

 केहि राजनीतिक दलले आफनै जनप्रतिनिधिहरु माथी विश्वास र सम्वाद गर्न नसक्दा  बीरगंज महानगरले अनेकौ अप्ठयाराहरु सामना गर्नु परेको बताए । 


नगरपालिकामा जितेको जनप्रतिनिधि माथि विश्वास नगर्नाले महानगरको विकसामा भइरहेका सकारात्मक कार्यहरुको बारेमा नाकारात्मक बाधा उत्पन्न भइरहेको बताउदै नगर प्रमुख सरावगीले करको बारेमा बजारमा चलाइएको अभियान उचित नभएको बताए ।

 

 महानगरको सभाहलमा अगामि आर्थिक वर्ष २०७६÷०७७ का लागि बनाइने नीति तथा कार्यक्रमका बारे राखिएको सर्वपक्षिय अन्तक्रिया तथा सुझाव संकलन कार्यक्रममा बोल्दै नगर प्रमुख सरावगीले यस्तो असन्तुष्टि धारणा ब्यक्त गरेका हुन ।

बीरगंज महानगरले निर्धारण गरेको करका बिषयमा केही दलले अध्ययन बिनानै बिरोध गरेको चर्चा गर्दै प्रमुख सरावगीले नगरसभाले पारित गरेको निर्णयमा बिरोध गर्ने दलको पनि समर्थन रहेको कुरा बुझन आवशयक भएकोमा जोड दिए ।

 

उनीहरुलाई आफनो वडा सदस्य तथा वडा अध्यक्ष माथि नै विश्वास छैन प्रमुख सरावगीले भने बिरोधमा उत्रेका दलका प्रतिनिधिहरु नीति बनाउन ब्यस्त हुन्छन नेताहरुले बिरोधको चटक देखाउछन  । 

कार्यक्रममा सहभागीहरुको टिपण्णी तथा सुझाव सुन्दै उनले  विकासको नतिजा आउन शुरु भइसकेको  बताए । । अबको तीन वर्षमा महानगर जुन ट्रयाक बाहिर गएको थियो,पुन ट्रयाकमा फर्केर आउने पनि उनले जिकिर प्रष्ट पारे  ।

 

बजेट तथा नीति तय गर्दा सबै भन्दा महत्वपूर्ण कुरा स्रोत साधन हुने भएकोले वीरगंज महानगरसंग स्रोत साधन न्यून तर गर्नु पर्ने काम धेरै भएकोले एक दुई वर्ष समस्या आएको उनले बताए । । सडक,शिक्षा र स्वास्थयको क्षेत्रमा आवश्यक जनताको अपेक्षा अनुसार   महानगरपालिकाको काम अगाडि बढी सकेको उनको दावी थियो । 
       अन्तक्रिया कार्यक्रममा उद्योगी अरविन्द खेतानले छोटो र दीर्घकालिन सममयागरिने काम छुटयाई महानगरले त्यस्तो योजना प्राथमिकतामा राखेर जनताको प्रत्यक्ष जीवनसंग जोडिएको कुरा गर्नु पर्ने सझुाव दिए ।उनले  मितेरी पुल र श्रीसिया खोला क्षेत्रमा दिनहु फालिने फोहोरको उचित व्यवस्थापनमा महानगरले
कार्यक्रम ल्याउनु पर्ने सुझाव दिए  ।

 

इन्जियिनर मुन्ना सर्राफले वीरगंजमा जमिनमुनीको पानीको सतह हरेक वर्ष घटिरहेको र महानगरले चापाकलको योजना जारीनै राखेको प्रति ध्यानाकर्षण गराउदै पानी रिचार्जको व्यवस्थापन तर्फ योजना ल्याउन आग्रह गरे । उनले भवन तथा सडकको नक्सामा पनि त्रुटिपूर्ण भेटिएकोले दक्ष जनशक्ति रबाहिरको परामर्शदाताबाट प्राविधिक सहयोग लिन आग्रह गरे ।

 

लायन्स क्लबका पूर्व अध्यक्ष(वल्र्ड) सन्जय खेतानले हरेक सरकारी वडामा नागरिक वडा पत्र राख्नु पर्नेसझुाव दिए । उनले महानगरको सेवा र अपेक्षा बारे वर्षमा एक पटक निश्पक्ष सर्भे गराएर जनताको मुडलाई पहिचान गर्नु पर्ने बारेमा पनि सुझाव दिए ।


    नेपाल रेडक्रस सोसाइटी पर्साका अध्यक्ष वीरेन्द्र  राजकडेलले महानगरमा शव बोक्न एम्बुलेन्सको व्यवस्थापन महानगरले मिलाउनु पर्ने बताए । उनले विपद् सम्बन्धी हरेक वडाका वडा विपद् समितिलाई पनि सक्रिय पार्न आग्रह गर्दै ब्लड बैंकको भवनको लागि आवश्यक बजेट छुटयाउन पनि  आग्रह गरे   ।वीरगंजको मुख्य सडक टुटयो भने ब्लड बैंक चाडै सार्नु पर्ने बाध्यता रहेको उनको तर्क थियो ।

 

वुमन स्कील सेन्टरकी उपाध्यक्ष चन्चला दासले महानगरमा महिला सम्बन्धी कार्यक्रम पुरुष केन्दित संस्थाले गरिरहेको प्रति दुखेसो पोखिन ।उनले महिलाको पीरमर्का वा विषयसंग कार्यक्रम महिला क्षेत्रमा कार्यरत संस्थालाई मात्र दिइनु पर्ने बताइन् ।

 

साथै,महानगरका योजना कार्यान्वयनमा चरम लापारवाही भएको बताइन् ।उनले महानगरको नो हर्न नो प्लाष्टक भन्ने कार्यक्रम असफलता तर्फ धकेलिएको प्रति ध्यानाकर्षण गराइन् ।उद्योगी गणेश लाठले जनताको अपेक्षा हाइ तर महानगरको गराई फरक आएको बताउनु भयो  ।

 

महानगरले सरसफाइको क्षेत्रमा पनि सफलता हासिल गर्न नसकेको र कर बुझाउन महानगरवासी उत्साहित नदिेखिएकोले यी कुरा विश्लेषण गरी सहज कर बुझाउने वातावरण बनाउने नीति ल्याउनुपर्ने धारणा उधोगी लाठको रहेको थियो ।वीरगंज कलेजका निर्देशक दिपेन्द्र चौधरीले आइटी क्षेत्रमा २८ हजार संस्था दर्ता रहेकोमा उनीहरुको अनुगमन तथा कसले कति कर तिरीरहको बारेमा खोजीनीति नभएको प्रति ध्यानाकर्षण गराए   ।उनले नगरसभा गृह माहानगरकै स्वामित्वमा सञ्चालन गर्नु पर्ने तथा अडिअर्वा पाखेरीलाई स्तरोन्ति गरी कर उठाउन सकिने बताए ।

पत्रकार केसी लामिछानेले अनुत्पादक क्षेत्र भन्दा उपलब्धी मुलुक क्षेत्र पहिचान गरी लगानी गर्न र केही गौरबको योजना पनि महानगरले लिएर अघि बढनु पर्ने सुझाव दिए ।कार्यक्रमको सहजीरकण एकोराबका महासचिव तथा मेयर सरावगीका प्रेस सल्लाहकार गोविन्द देवकोटाले गरेका थिए ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.