logo

सुरक्षा चुनौती बढ्यो,डा.निलमलाई अन्यत्र सार्न अदालतको आदेश 

      6/19/2019 गते 00 00 मा प्रकाशित     1152   पटक पढिएको

वीरगञ्ज ४ असार ।
पर्सा जिल्ला अदालतले असार ३ गते  डा.निलमलाई अहिले बस्दै आएको ससुराको घरबाट अलग बस्न आदेश दिएको छ ।

ससुराको घरमा बस्न गएकी डा.निलमले सासु ससुरालाई कुटपीट गर्ने घर निकाला गर्ने मानसिक यातना दिने गरेको देखिएको भन्दै अदालते डा.निलम र उनको घर पक्षसंगको सम्बन्ध राम्रो नदेखिएकोले उनलाई अलग बस्ने ब्यवस्था मिलाउन आदेश गरेको हो ।


डा.राजेश कुमार साह बुवाबाट अंश लिइ अलग बसेको अवस्था छ । यस्तोमा सासु ससुरा बस्ने घरमा बुहारी बसि रहदा दुबै पक्षको सुरक्षाको बिषय चुनौती पूर्ण देखिएकोले पनि अदालतले डा.निलमलाई अलग बस्न आदेश दिएको हो ।

अदालते उनको भरण पोषणको ब्यवस्था भने पति डा.राजेश कुमारलाई गर्न आदेश दिएको छ । अदालतको यो आदेश आएकै दिन डा.निलम साहले पत्रकार सम्मेलन गरेर श्रीमान माथि अनेकौ आरोप लगाएकी थिइन । त्यस्तै असार ४ गते डा.राजेश कुमार साहले गरेको पत्रकार सम्मेलनमा पुगेर डा. निलम साहले आफना पति माथि अभद्र तथा हिंसात्मक ब्यवहार  गरेकि थिइन । 

पर्सा जिल्ला अदालतले १६ वैशाखमा अन्तरिम संरक्षणात्मक जारी गरेपछि डा. निलम साहले १९ गते  वीरगञ्ज–६ माइस्थानस्थित ससुरा गम्भिा साहको घरमा ताल्चा फोडेर प्रवेश गरेकी थिइन् ।


बुहारीको बिभिन्न खालो उल्टासिधा हरकतका कारण भोली ठुलै दुर्घटनाको शिकार हुने त होइन भन्ने भयले साहले सोही दिन माइस्थानको घरबाट बाहिरिए । त्यो घरमा डा. निलम एक्लै बस्दै आएकी थिइन । निलम साहका पति राजेश कुमार साह पनि  चिक्त्सिक हुन । 

यो वीचमा पर्सामा डाक्टर दम्पतीको घर झगडा सञ्चार माध्यममा छताछुल्ल भयो ।जेष्ठ २३ गते बेलुका डा. निलम का बुवा डा . निरन्जन साहले फोन गरेर सम्धी गम्भिर साहलाई घर फर्कि आउन आग्रह गरेका थिए । उनैको आग्रहमा २४ गते घर पुगेका साहलाई बुहारी डा.निलमले घरमा प्रवेश गर्न दिइनन ।

 

आफनै घरमा प्रवेश पाउन नपाएका साह परिवारले ताला फोरेर भएपनि घरमा प्रवेश गर्ने निर्णय लिए । साह सोही दिन घरमा प्रवेश गरे त्यो दिन देखी बुहारी डा.निलमले केही न केही निहु झिकेर सासु ससुरालाई दुः ख दिदै आइन । त्यती मात्र होइन  उनको तर्फबाट जिल्ला अदालतमा घरेलु हिंसा सम्बन्धी मुद्धा दर्ता गरिएको छ । त्यही मुद्धामा  अदालतले संरक्षणात्मक आदेश जारी गरेको हो । 

डा राजेशले श्रीमतीमाथि घरेलु हिंसा गरेको तथा दाइजो मागेको दुबै आरोपको  खण्डन गरेका छन। ‘परिवारमा सानातिना नोकझोक हुनु त सामान्य हो तर, हामी दुईबीच विवाह गरेको केहि समयपछि नै सम्बन्ध विग्रन शुरु भयो । त्यसपछि कहिल्यै सुध्रिएन’ उनले भने, ‘विवाह गरेको ५ वर्षमा एक बर्ष पनि राम्रोसँग सँगै बसेको छैन ।’

डा. निलमसँगै बस्न नसक्ने निष्कर्षमा पुगेर सम्बन्ध विच्छेदका लागि अदालत गएको भन्दै उनले न्याय पाउने विश्वास व्यक्त गरे । बरु म मर्न तयार छु तर, डा निलमसँग मेरो जीवन चल्दैन’ उनले भने ।


तर डा. निलमले जीवनभरी डा राजेशसँगै बस्ने बताइन् । परम्परा अनुसार विवाह गरेको छुट्टिएर बस्नका लागि नभई सँगै बस्नका लागि भएको उनको तर्क छ । अध्ययनका कारण अहिले सम्म संगै बस्न नपाएको उनले स्वीकार गरिन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु

वीरगंज। पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत हेटौँडा–नारायणगढ सडकखण्डमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

सूर्य नेपालको सहयोगमा वीरगंजमा प्लास्टिक फोहोर प्रशोधन प्लान्टको निर्माण अन्तिम चरणमा, महानगर प्रमुख सिंहले गरे स्थलगत अवलोकन

वीरगंज । वीरगंज महानगरपालिकाको फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) मा प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि निर्माण भइरहेको प्रशोधन प्लान्टको काम अन्तिम चरणमा पुगेको छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.