logo

प्रदेश कैं पहिलो पानी प्रशोधन केन्द्र संचालनमा आयो

      6/29/2019 गते 00 00 मा प्रकाशित     2282   पटक पढिएको

वीरगन्ज १४ असार  ।
 वीरगन्जको छपकैयामा निर्माण भएको प्रदेश नं .२ कै पहिलो फोहर पानी प्रशोधन केन्द्र आज देखि संचालनमा आएको छ ।

 

शनिबार बिहान नगर प्रमुख बिजय कुमार सरावगी,प्रोजक्ट प्रमुख शैलेन्द्र श्रेष्ठ,कन्सल्टेन्ट कम्पनिका प्राविधिक र ठेक्केदार कम्पनिका प्रमुखहरुको उपस्थितिमा प्लान्टाको परिक्षण संचालन सुरु गरिएको हो ।वीरगन्जको श्रीपुर तेजारथ टोल देखि छपकैया सम्मको घरबाट निश्किने प्रदुशित पानीलाई ल्याएर शुद्धगरी श्रीसिया नदीमा फाल्ने व्यवस्था मिलाइएको छ ।लगभग १० विगाह क्षेत्रफलमा निर्माण भएको  प्लान्ट १२ करोडकोे लगातमा निर्माण भएको हो । 


 नगरक्षेत्रबाट निस्किएको फोहर पानीलाई प्रशोधन पश्चात सिर्सिया खोलामा बगाउदा यसले पर्यावरण संरक्षणमा ठुलोटेवा पु¥याउने महानगपालिकाका प्रमुख बिजय कुमार सरावगीले विश्वास व्यक्त गरे । उनले केन्द्रबाट प्रशोधित भई निस्किने पानी तथा मललाई कृषि प्रयोजनका लागि उपयोग गर्न सकिने भएकाले त्यस तर्फ अध्ययन अनुसन्धन अगाडी बढाइएको बताए ।

 

नगरमा रहेका घरबाट निस्किने फोहर पानीलाई केन्द्रमा प्रशोधन गरी ९९ प्रतिशत सफा बनाई सिर्सिया खोलामा मिसाउने योजना रहेको परियोजनाका व्यवस्थापक शैलेन्द्र श्रेष्ठले जानकारी दिए  । उनले नगरक्षेत्रका घरबाट संकलित एक करोड लिटर फोहर पानीलाई दैनिक प्रशोधन गर्नसकिने केन्द्रको क्षमता रहेको उहाले बताए ।  


 संचालनमा आएकोे प्रशोधन केन्द्रबाट वर्षमा लाखौं रुपैयाको मल उत्पादन हुने महानगरपालिकाले जनाएको छ । ऐशियाली विकास बैंक तथा नेपाल सरकारको ८१ प्रतिशत, नगर विकास कोषको ११  प्रतिशत र महानगरपालिकाको  ८ प्रतिशत लागनीमा प्रशोधन केन्द्र निर्माण भएको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.