logo

अख्तियार प्रति अनेक सवाल,अनियमितताको आरोप लागेका हक हटाइए ,उपाध्याय ल्याइए 

      6/30/2019 गते 00 00 मा प्रकाशित     1041   पटक पढिएको

बीरगंज १५ असार ।
नारायाणी अस्पतालका कामु मेडिकल सुपरिन्टेन्डेन्ट डा. एनामुल हकको सरुवा भएको छ । किलीया मेशीन साटेर अनियमितता गरेको । हाइड्रोजन प्यारोक्साइड खरिदमा अनियमितता गरेको । प्रदेश सरकारको निर्देशन बिपरित आर्थिक नजराना लिएर कर्मचारी भर्ना गरेर अस्पताललाई आर्थिक रुपमा कमजोर बनाएको ।

औषधीको आपूर्तीमा अनियमितता गरेको । क्याथल्यावको ठेक्का प्रकरणमा ठेकेदार संग पैसा लिएर सेटिङ मिलाएको लगायतका अनेकौ आरोप लागे पछि कारवाहीको प्रक्रिया शुरु गर्नु पर्नेमा संघीय सरकारले सरुवा गरेर दण्डहिनतालाई प्रश्रय दिएको छ ।

 

अनियमितता गर्नेहरुको मनोवल बढाएको छ । उनीहरुलाई प्रसंशा गरेको छ । पछिल्लो पटक ग्लोब्सको आपूर्तीका लागि आव्हान गरिएको टेण्डरमा ब्राण्डको नाम लेखेरै अन्य ब्राण्डलाई प्रतिस्पर्धा गर्नबाट बन्चित राख्ने सम्मको काम सार्वजनीक हुदा समेत मेसु जोगाउनका लागि सरुवा मात्र हुनुलाई पर्साको चिकित्सा क्षेत्रले “निराशाजनक ” भन्ने प्रतिक्रिया दिएको छ । 


संघीय सरकारमा स्वास्थ्य मंत्रालयको जिम्मेवारी समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले लिएका छन । प्रदेश सरकार समेत समाजवादी पार्टीको नेतृत्वमा रहेको छ । प्रदेश सरकारले केथल्यावको टेण्डर प्रक्रिया सेटिङगमा ब्यवस्थापन गर्ने अवधी सम्मकालागि डा .हकको बीरगंज अस्पतालबाट सरुवा नहुने कुरा सुनिश्चित रहेको गाईगुई चलेकै थियो ।

 

कैथल्यावको काम पनि सकिनु डा.हकको सरुवा पनि हुनुलाई त्यही गाईगुईको सेरोफोरेमा हेर्न थालिएको छ । यो वीचमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौडा कार्यालयले छापामारी गरि कतिपय महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो ।

 

त्यस सम्बन्धमा अनुसन्धान काहा पुग्यो भन्ने कुुरा आयोगले सार्वजनीक गरेको पनि छैन । न मुद्धा दर्ता भयो न अनियमितता गर्ने सम्भावनालाई रोक्न आयोग सफल भयो । आयोगको यो खाले प्रवृतिका कारण उसको बिश्वसनियता माथि नै गम्भिर प्रश्न उठेको छ ।

 

आयोगको कार्यालयमा अस्पतालका बिषयमा अन्य उजुरीहरु पनि दर्ता छन । तिनका बिषयमा पनि आयोगले के ग¥यो भन्ने कुरा उजुरी कर्ताले चाल पाएका छैनन । लामो समय नहुदा आयोगका कर्मचारी पनि “सेटिङमै ” त परेनन भन्ने आशंका ब्याप्त छ । 


आयोगले समेत छापा मारेको त्यति हुदा हुदै पनि निष्फिक्रि रुपमा अनियमितताको आरोप लाग्ने गरि काम गर्दै आइरहेका डा.हकको सरुवाको पछाडी अर्को स्वार्थ रहेको पनि आशंका गर्न थालिएको छ । बीरगंजमा टर्सरी अस्पतालको निर्माण हुदै छ ।

 

त्यसकोलागि ११ औ तहको कन्र्फम अफिसर चाहिने भएकाले जगेडामा राखिएका मदन उपाध्यायलाई बीरगंजमा सरुवा गरिएको बुmिभएको छ । नारायणी अस्पतालको जिम्मेवारी डा मदन उपाध्यायलाई दिइएको छ । यसअघि डा उपाध्यायलाई कुनै जिम्मेवारी दिइएको थिएन। उनी मन्त्रालयमै हाजिर गर्दै आएका थिए।

बिमा बोर्डका निर्देशकको जिम्मेवारी सम्हालेका डा उपाध्यायलाई मन्त्रालयमा लगेर भूमिका विहिन बनाइएको थियो।

 स्वास्थ्य मन्त्रालयका प्रशासन प्रमुख जनार्दन गुरागाईले कर्मचारी समायोजन ऐन कार्यान्वयनको क्रममा जिम्मेवारी हेरफेर भएको जानकारी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.