logo

परवानीपुरमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

      7/5/2019 गते 00 00 मा प्रकाशित     929   पटक पढिएको

परवानीपुर,२० असार  ।
बारा जिल्लाको परवानीपुर गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको वडा नं. २ स्थित श्री जनता माध्यमिक विद्यालयमा शुक्रबार गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र स्थानीय जनताको उपस्थितिमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।

 

सहयोगी नेपाल संस्थाले संयोजन गरेको कार्यक्रममा स्थानीय जनताले सडक, ढल, शिक्षा, स्वास्थ्यलगयात विषयहरुका बारेमा प्रश्न उठाए । स्थानीयहरुले विकास निर्माणको कार्य गर्न गठित उपभोक्ता समितिमा नातावाद हावी भएको गुनासो गर्दै आगामी दिनहरुमा त्यस्तो नहुन दिन जनप्रतिनिधिहरुलाई सचेत गराएका थिए ।

 

त्यसैगरि स्थानिया महिलाहरुले महिलाहरुको शिप विकासका लागि गाउँपालिकाले ल्याएको योजना केहि वडाहरुमा मात्र सिमित भएको गुनासो गर्दै महिला शसक्तिकरणका लागि थप शिप मुलक तालिम तथा कार्यक्रमहरु ल्याउन आग्रह गरे । महिलाहरुले शुरक्षाका लागि सडक बत्ति जडान गर्नु पर्ने माग समेत गरे ।

 

जनताले उठाएको प्रश्नको उत्तर फर्काउदै गाउँपालिका प्रमुख हरिनारायण प्रसाद साहले विकास निर्माणमा कहीं पनि भेदभाव नभएको प्रस्ट्उ पारे । उनले महिला, बालबालिका र वृद्ध वृद्धाका लागि गाउँपालिकाले विशेष योजनाहरु ल्याउन लागेको जानकारी गराए । उनले गाउँपालिकामा ४ सय मिटर भन्दा पनि बढि सडक ढलान र नाला निर्माण भएको जानकारी गराउदै प्रदेश र संघीय सरकार संग थप विकासका लागि आफुले बजेट माग गरेको बताए ।

 

कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष इश्वरी प्रसाद साहको सभापतित्वमा सम्पन्न कार्यक्रममा गाउँपालिकाको उप प्रमुख अनिता देवी, अन्य वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, गाउँपालिकाका कर्मचारी, नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहान, नेपाल फोटोपत्रकार महासंघ प्रदेश २ का अध्यक्ष राम सर्राफलगयातले मन्तब्य राखेका थिए ।

 

कार्यक्रमको सुरुवातमा सहयोगी नेपालका अध्यक्ष तबरेज अहमदले संस्थाले सर्वेक्षणको आधारमा तैयार पारेको नागरिक प्रतिवेदन र बाहिरगमन अभिमत प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण रितेश त्रिपाठीले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु

वीरगंज। पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत हेटौँडा–नारायणगढ सडकखण्डमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

सूर्य नेपालको सहयोगमा वीरगंजमा प्लास्टिक फोहोर प्रशोधन प्लान्टको निर्माण अन्तिम चरणमा, महानगर प्रमुख सिंहले गरे स्थलगत अवलोकन

वीरगंज । वीरगंज महानगरपालिकाको फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) मा प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि निर्माण भइरहेको प्रशोधन प्लान्टको काम अन्तिम चरणमा पुगेको छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.