logo

परवानीपुरमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

      7/5/2019 गते 00 00 मा प्रकाशित     868   पटक पढिएको

परवानीपुर,२० असार  ।
बारा जिल्लाको परवानीपुर गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको वडा नं. २ स्थित श्री जनता माध्यमिक विद्यालयमा शुक्रबार गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र स्थानीय जनताको उपस्थितिमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।

 

सहयोगी नेपाल संस्थाले संयोजन गरेको कार्यक्रममा स्थानीय जनताले सडक, ढल, शिक्षा, स्वास्थ्यलगयात विषयहरुका बारेमा प्रश्न उठाए । स्थानीयहरुले विकास निर्माणको कार्य गर्न गठित उपभोक्ता समितिमा नातावाद हावी भएको गुनासो गर्दै आगामी दिनहरुमा त्यस्तो नहुन दिन जनप्रतिनिधिहरुलाई सचेत गराएका थिए ।

 

त्यसैगरि स्थानिया महिलाहरुले महिलाहरुको शिप विकासका लागि गाउँपालिकाले ल्याएको योजना केहि वडाहरुमा मात्र सिमित भएको गुनासो गर्दै महिला शसक्तिकरणका लागि थप शिप मुलक तालिम तथा कार्यक्रमहरु ल्याउन आग्रह गरे । महिलाहरुले शुरक्षाका लागि सडक बत्ति जडान गर्नु पर्ने माग समेत गरे ।

 

जनताले उठाएको प्रश्नको उत्तर फर्काउदै गाउँपालिका प्रमुख हरिनारायण प्रसाद साहले विकास निर्माणमा कहीं पनि भेदभाव नभएको प्रस्ट्उ पारे । उनले महिला, बालबालिका र वृद्ध वृद्धाका लागि गाउँपालिकाले विशेष योजनाहरु ल्याउन लागेको जानकारी गराए । उनले गाउँपालिकामा ४ सय मिटर भन्दा पनि बढि सडक ढलान र नाला निर्माण भएको जानकारी गराउदै प्रदेश र संघीय सरकार संग थप विकासका लागि आफुले बजेट माग गरेको बताए ।

 

कार्यक्रममा वडा नं. २ का वडा अध्यक्ष इश्वरी प्रसाद साहको सभापतित्वमा सम्पन्न कार्यक्रममा गाउँपालिकाको उप प्रमुख अनिता देवी, अन्य वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, गाउँपालिकाका कर्मचारी, नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहान, नेपाल फोटोपत्रकार महासंघ प्रदेश २ का अध्यक्ष राम सर्राफलगयातले मन्तब्य राखेका थिए ।

 

कार्यक्रमको सुरुवातमा सहयोगी नेपालका अध्यक्ष तबरेज अहमदले संस्थाले सर्वेक्षणको आधारमा तैयार पारेको नागरिक प्रतिवेदन र बाहिरगमन अभिमत प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण रितेश त्रिपाठीले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.