logo

पर्सामा मानव अधिकार उल्लंघन तथा ज्यादतीका ३९ घटना सार्वजनीक

      7/6/2019 गते 00 00 मा प्रकाशित     1196   पटक पढिएको

बीरगंज २१ असार । 
ईन्सेक पर्साले जिल्लामा गएको ६ महिनाको मानव अधिकारको स्थितिको बारेमा गोष्ठीको आयोजना गर्दै अवस्था सार्वजनिक गरेको छ ।
गएको ६ महिनाको अवधिमा रौतहटमा बहुविवाहका ४ घटना, यौन दुव्र्यवहारका १, कर्तब्य ज्यानका ६ , बलत्कार १७, अपहरण, शरीर बन्धक ४, माव बेचबिखन ३ गर्भ पतन २  समेत जम्मा ३९ ओटा मानव अधिकार उल्लंघनका घटनाहरु भएको जिल्ला प्रतिनिधि के.सी.लामिछानेले जानकारी दिए ।


पर्साका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र पौडेलको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा मानव अधिकारको वहालीका लागि राज्यका संयन्त्रहरु सम्बेदनशील हुनु पर्नेमा वक्ताहरुले जोड दिएका थिए । 


कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी नेत्र पौडेलले आफनो दायित्व पुरा गर्नु पर्नेमा जोड दिए । उनले दायित्व पुरा जाहाबाट गरिन्छ त्यहीबाट अधिकारको सृजना  भएर त्यो आपूर्ती समेत हुने बताए ।

उनले अपराधीको मनोवल बढ्न दिन नहुने भन्दै कतिपय कुरामा प्रशासनीक संयन्त्रमा पनि सुधार ल्याउनु पर्ने खाँचो औल्याए । उनले अपर।ाधीक घटनाहरु मेलमिलापको नाममा टुङ्गोमा पुग्न नहुने भन्दै नागरिक समाजले यस्तो बिषयमा निगरानी राख्नु पर्नेमा जोड दिए ।उनले अदालतमा सबै प्रकारका मुद्धाहरु जानु पनि उचित नभएको बिचार ब्यक्त गरे ।

अदालतमा सबै प्रकृतिका मुद्धा जादा गम्भिर प्रकृतिका मुद्धामा ध्यान पुग्न नसकेको हो की भन्ने आफूलाई लागेको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहानले इन्सकेले अभिलेखीकरण गरेको भन्दा बढी घटनाहरु समाजमा रहेको चर्चा गरे । उनले मानव अधिकारवादीहरु स्थानीय प्रशासनको साखुल्ले हुन नहुने उनले सुझाए । 


महिलाको प्रयोग गरेर प्रतिशोध लिने गरि बलात्कारको आरोप लगाउने घटनाहरु पनि प्रकाशमा आएको चर्चा गर्दै नेपाल बार एशोसिएशन पर्साका पूर्व सचिव हरेराम सर्राफले प्रहरीलाई सम्बेदनशील भएर अनुसुन्धान गर्न आग्रह गरे । महिलाको वालवालिकाको बिषयमा प्रहरी सम्बेदनशील छ यो कुरा ठिकै हो तर महिलालाई जोरजर्वजस्ती गरेर अमुक पुरुषलाई फसाउनु प¥यो भन्दै गलतकाम जनताका प्रतिनिधिबाट हुन लागेको प्रति पनि प्रहरी गम्भिर हुनु पर्ने उनले जोड दिए ।

 

अर्का अधिवक्ता एवं नेपाल मानव अधिकार संगठन पर्साका पूर्व अध्यक्ष कमल मोहन पोख्रेलले कर्मचारी तन्त्र मानव अधिकार प्रति अनुदार रहेको बताए । उनले बलात्कारजन्य अपराधमा आजको पुस्ता निर्दोष हुदा हुदै पनि जेल बस्नु पर्ने अवस्था देखिएको प्रति चिन्ता ब्यक्त गरे । उनले अनुसन्धानको कामलाई पनि जवाफदेहपूर्ण बनाउनु पर्नेमा जोड दिए । 


मानव अधिकार निगरानी समुह पर्साका अध्यक्ष तवरेज अहमदको अध्यक्षतामा भएको कार्यक्रममा समग्र उधोग ट्रेड युनियनका गिता भण्डारी,मानव अधिकार रक्षक संजालका संयोजक प्रकाश थारु नेपाल मानव अधिकार संगठन पर्सा सचिव शिवनाथ यादव पत्रकारहरु महेशचन्द्र गौतम ,राधेश्याम पटेल रन्जु दाहाल बिमला गुप्ता लगायतले आफनो बिचार ब्यक्त गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.