logo

सघन सहरी कार्यालय बीरगंजले ६ वटा ठेक्का तोड्यो ,अरुलाई पनि नछाडिने 

      7/10/2019 गते 00 00 मा प्रकाशित     953   पटक पढिएको

बीरगंज २५ असार । 
सघन शहरी तथा भवन निर्माण आयोजनाको कार्यालय बीरगंजले  ०७६ असारको २५ गतेका दिन मध्य तराईमा संचालीत परियोजना मध्यका ६ वटा ठेक्का तोडेको छ ।

 

ठेक्का सकार कम्पनीले सम्झौता अनुसारको काम नगरेकोले ठेक्का तोडेको कार्यालयले जनाएको छ । आर्थिक वर्ष ०६९ ÷०७० मा स्वास्थ्य चौकी तथा स्वास्थ्यका कर्मचारीको आवास निर्माणकालागि ठेक्का सकार गरि काम नगरि अलपत्र छोड्ने पेटी कन्टयाक्टलाई दिएर मुल ठेकेदार बेपत्ता हुने गरेकोले बिकल्प बाँकी केही नरहे पछि ठेक्का तोडिएको । सघन शहरी तथा भवन निर्माण आयोजनाको बीरगंज कार्यालयका प्रमुख इ.राजेन्द्र खतिवडाले बताए  ।

 

ठेक्का तोडेपछि करिव २ करोड ८० लाख रुपैया ठेकेदारसंग सरकारी बक्यौता सरह असुल उपर गर्ने तयारी गरेको उहाँले बताउनु भयो । कार्यालयले पर्साको भेडिहारी,रौतहटको जिगडवा पर्साको शंकर सरैया ,सम्भौता ,पटेर्वा सुगौली र बारा कलैयाको स्वास्थ्य कर्मचारीको आवास निर्माणको ठेक्का तोडेको हो । मध्य तराईमा पहिलो पटक सरकारका तर्फबाट ठेक्का तोडने काम भएको हो ।


मध्यतराईमा अझैपनि रुग्ण अवस्थामा आधादर्जन परियोजनाहरु रहेका छन । कार्यलय प्रमुख खतिवडाले तिनले बेलैमा आफ्नो काम नगरे ठेक्का तोडिने चेतावनी दिएका छन  । ठेक्का सकार गर्ने अजम्मर र शिवराम जेभी तथा टौदह कम्पनी चाल्नाखेल काठमाण्डौ र शिवराम कम्पनी दोलखाको ठेक्का तोडिएको हो ।

 

उनीहरुले काम नगरे पछि ठेक्का तोडिएको छ । उनीहरुका कारण करिव २ करोड ८० लाख रुपैया घाटा लाग्ने देखिएको र सो रकम सरकारी बाँकी सरह असुल उपर गरिने खतिवडाले बताए  ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.