logo

वर्षाले जलसतह सर्तकता तह पार गर्दै सबैलाई सर्तक र होसियारी आपनाउन अपिल पर्सामा मोटरवोट तयारी अवस्थामा

      7/11/2019 गते 00 00 मा प्रकाशित     917   पटक पढिएको

बीरगंज २७ असार ।
बाढी पूर्वानुमान महाशाखाले देशका विभिन्न जिल्लाका नदी खोलामा जलतसतहले सतर्कता तह पार गरेको उल्लेख गर्दै होसियारी अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार भारी वर्षाका कारण प्रदेश १,२, ३ का चुरे र पहाडको क्षेत्रबाट बग्ने सबैजसो  नदीहरूमा जलसतह सतर्कता तह आसपास छ।

थप वर्षा हुने देखिएको तथा बाढी पूर्वानुमान गर्ने कम्युटर मोडेलहरूले समेत जलप्रवाह उच्च हुने देखाएकाले नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

 

महाशाखाका अनुसार वाग्मतीको पधेरादोभान बाढी मापन केन्द्रमा जलतसतह सतर्कता तह पुगेको र बढ्दो क्रममा छ। तसर्थ रौतहहट, सर्लाही जिल्लाका तटिय क्षेत्रमा हुनेहरूले सतर्कता अपनाउनुपर्ने महाशाखाले जनाएको छ।

 

महाशाखाले भनेको छ– हाल कपिलवस्तु, रूपन्देही,चितवन, बारा, पर्सा, मकवानपुर, सिन्धुली, सिराहा, रौतहट र आसपास अधिकांश स्थानमा भारी वर्षा मापन भएको छ। यही आसपासका क्षेत्रमा घना बादल छ । कमला, वाग्ग्मती, यसका शाखा नदीहरू र अन्य साना नदीमा जलसतह बढ्दो छ,  केहीमा खतरा तह पार हुने सम्भावना भएकाले सतर्क रहनुहोला।

 

यसैगरी बाढी पूर्वानुमान महाशाखाले हाल तिनाउ नदी बुटवलको बाढी मापन केन्द्रमा जलसतहले सतर्कता तर पार गरेकाले तिनाउको तल्लो तटिय क्षेत्रमा पनि शुक्रबार बिहानसम्म सामान्य सतर्कता अपनाउन अनुरोध गरेको छ।

 

अहिले देशभरजसो वर्षा जारी छ। काठमाडौं उपत्यकामा पनि बिहीबार रातिदेखि पानी परिरहेको छ। यता पर्सामा वर्षायाममा हुने डुबानबाट सर्वसाधरणको उद्धारका लागि १५ लाख रुपियाँको लागतमा तीनवटा बोट खरिद गरिएको छ ।


     दैवीप्रकोप उद्धार समितिको पहल  र जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयबाट मोटरजडित प्लास्टिक बोट खरीद गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बिहीवार जानकारी दिए ।  


    बाढी–पानीको प्रकोपमा परेका नागरिकको उद्धारका लागि वीरगंज महानगरपालिकाबाट दश लाख रुपियाँ, नगरपालिकाहरूबाट ५र५ लाख र गाउँपालिकाहरूबाट ३र३ लाख रुपियाँको   सहयोगमा १५ लाखमा बोट खरीद गरेको र बाँकी रकम जिल्ला विपद् व्यवस्थापन समिति पर्साको खातामा सुरक्षित रहेको प्रजिअ भट्टराईले  बताएका छन् ।


    भारतबाट खरीद गरिल्याइएको उक्त उद्धार बोटमध्ये तीन सेट नेपाली सेनालाई र दुईवटा सशस्त्र प्रहरीलाई हस्तान्तरण गरिएको छ । बोटले ९६० किलोग्रमसम्म भार ढुवानी गर्न सक्ने प्रविधिकको भनाइ छ । प्राविधिकका अनुसार ३० मिनट भित्रै गुङ्गा उद्धारका लागि तयार गर्न सकिने र यसलाई ढुवानी गरी उद्धार स्थलमा पु¥याउन पनि सहज  छ । 


    पर्साका लागि खरीद गरिएको बोट आवश्यक परे छिमेकी जिल्लामा समेत पठाउन सकिने स्थानीय प्रशासनले जनाएको छ । बोटबारे जिल्ला प्रशासन कार्यालय परिसरमा कार्यक्रम आयोजना जानकारी गराइएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.