logo

हिजो बाढीले बगाएर बेपत्ता भएका भवानीपुरका अनुज आज मृत अवस्थामा फेला परे

      7/14/2019 गते 00 00 मा प्रकाशित     982   पटक पढिएको

बीरगंज २९ असार ।
 वीरगन्जको सिर्सिया नदीमा बाढी हेर्न गएका बेला बाढीले बगाएर शनिबार बिहानदेखि बेपता भएका  बालक अनुज पटेल आइतबार बिहान मृत अवस्थामा भेटिएका छन्।

वीरगञ्ज महानगरपालिका १८ भवानीपुर घर भई हाल वडा नम्बर १३ तेजारथ टोलमा बस्दै आएका रामनारायण पटेलका १४ वर्षीय छोरा अनुजको शव रामगढवास्थित बजरंग सिनेमा हल नजिकैको खेतमा आइतबार बिहान भेटिएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए।

शनिबार बिहानैदेखि बाढीमा बेपत्ता भएका अनुजको सुरक्षाकर्मी र स्थानीयवासीले नदी आसपासका क्षेत्रमा रातभर खोजी गरेका थिए। ्


भाइ र साथीहरूसँग बजरंग हलस्थित सडकमा सेल्फी लिने क्रममा अनुजका भाइ रोहीत चिप्लिएर पानीमा खसेका थिए। भाइलाई बचाउने क्रममा अनुजको टोपी बाढीको भेलमा खसेपछि त्यही टोपी टिप्ने क्रममा बाढीको भेलले अनुजलाई बगाएर बेपत्ता बनाएको प्रत्यक्षदर्शी उपेन्द्र पटेलले बताए।

यसअघि गत शुक्रबार पनि पर्साकै पर्सागढी नगरपालिका वडा १ बागवना नजिकै रहेको सिङ्याही खोलाको बाढीले बगाएर स्थानीय १२ वर्षीय निखल पटेलको मृत्यु भएको थियो।

बारामा पनि अविरल बर्षाका कारण आएको बाढी र डुबानमा परि दुई जना बालक सहित तीन जनाको मृत्यु भएको छ।

शनिवार साँझ बाराको कलैया उपमहानगरपालिका १३ बलिरामपुरका हजारी साह गोंढका १० वर्षीय छोरा अन्जित साह गोंढको मृत्यु भएको हो।

बाख्रा चराउन खेतमा गएका बेला सडक छेउमा खनिएको खाल्डोमा डुबेर बालक अन्जितको मृत्यु भएको बारा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक रन्जित सिंह राठौरले जानकारी दिए।

शनिवार नै बाराको सुवर्ण गाउँपालिका वडा नम्बर ८ हर्दियामा पनि एक युवकको मृत्यु भएको छ।

शनिवार अविरल पानी परिरहेका बेला धान रोपाइका लागि खेको आली खन्दै गरेका बेला अचानक बेहोश भइ लडेका स्थानीय राजदेव पंडितका छोरा सुदामा पण्डितकव मृत्यु भएको हो।


यसअघि गत शुक्रबार साँझ बाराकै परवानीपुर गाउँपालिका वडा नम्बर १ रहरीया गाँउका अरविन्दर यादवका साढे चार वर्षीया छोरा विक्की यादवको घर अगाडिकै नालामा डुबेर मृत्यु भएको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.