logo

जनप्रतिनिधिको अराजकता बिरुद्ध स्थानीय तहको काम ठप्प कारवाही नभए आन्दोलन कडा हुने चेतावनी

      7/23/2019 गते 00 00 मा प्रकाशित     938   पटक पढिएको

वीरगंज ७ साउन । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत र लेखापाल माथी भएको आक्रमण बिरुद्ध पर्साका सम्पुर्ण गाउँ कार्यपालिका कार्यालय बन्द रहे।


आक्रमणका बिरुद्ध बीरगंज महानगर बाहेक जिल्लाका १३ वटा निकायबाट सम्पादन गरिने काम आज ठप्प भएको हो । प्रमुख प्रशासकीय अधिकृतहरुको बैठकले आक्रमणका बिरुद्ध काम ठप्पको आव्हान गर्ने निर्णय गरेको थियो ।

 

नियम बिपरित भूक्तानी नदिदा जनप्रतिनिधिद्वारा कर्मचारी कुटीनु गम्भिर बिषय हो । दोषीलाई कारवाहीको दायरमा ल्याउन प्रमुख प्रशासकीय अधिकृतहरुले माँग गरेका छन । उनीहरुले माँग पुरा नगरिए अराजकता बढ्ने र त्यसले काम गर्न झनै कठिन हुने भन्दै कारवाही नहुदा सम्म पछि नहट्ने संकेत गरेका छन ।


सखुवा प्रसौनी गाउँपालिका वडा नं . ६ का वडाध्यक्ष लालबहादुर यादवको नेतृत्वमा रहेको टोलीले  प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव र लेखापाल अकलेश सहनी माथी आक्रमण  गरेका थिए ।

 

गाउँ कार्यपालिका कार्यालयबाट काम सकेर फर्कदै गरेका उनीहरुलाई  आइतबार साँझ ४ बजेको समयमा वडाअध्यक्ष लगायतको समुहले आक्रमण गरेको हो । नियम विपरितको निकासाको लागि वडाध्यक्ष यादवले केही समय पहिला देखि दबाव दिदै आएको र आफुले निकास दिन  नमिल्ने बताएका कारण आक्रमण गरिएको प्रमुख प्रशासकीय अधिकृत यादवले बताए ।

 

बा १५ च ६८७९ नम्बरको भाडाको गाडी सवार दुबै जना माथी सखुवा प्रसौनी २ स्थित बाटो मै वडाध्यक्ष सहितको समुहले एक्कासी गाडी रोकि गालीगलौज गर्दै आक्रमण गरेका थिए । 

प्रमुख प्रशासकिय अधिकृत यादव र लेखापाल सहनीले आक्रमण गर्ने विरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी पनि दिएका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.