logo

बीरगंजमा समाजवादको बिषयमा गहन बहस ,दलाल नोकरशाही पूजीवादी चरित्र समाजवाद निर्माणको अवरोधक

      7/27/2019 गते 00 00 मा प्रकाशित     2059   पटक पढिएको

बिरगंज ११ साउन  । 

बि.पी कोइरालाको ३७ औ तथा ४१ औ पुष्पलाल स्मृति दिवसको सन्र्दभ पारेर बीरगंजमा नेपालमा समाजवाद एक बिमर्श बिमर्श बिषय गोष्ठी सम्पन्न भएको छ । पाठशाला बीरगंज स्टडी सेन्टरको आयोजनामा भएको कार्यक्रममा समाजवादका बिषयमा गम्भिर बिमर्श भयो । 


नेपालका शोषीत पीडित श्रमजीवी जनताको आर्थिक जीवनमा परिर्वतन नआउदा सम्म समाजवाद नआउनेमा वक्ताहरुले जोड दिए । 


उनीहरुले राज्यको दलाल दलाल नोकरशाही पूजीवादी चरित्र समाजवाद निर्माणको अवरोधक भएको बताए । समाजवाद प्रति प्रतिवद्ध सम्बिधान बनाएपनि मुलुकको राजनीतिले त्यो दिशा समात्न सकेन । राजनीति नेतृत्वले सिद्धान्त अनुसारको ब्यवहार देखाउन सकेन ।

सिद्धान्त र ब्यवहार वीचको बेमेलका कारण समस्या पैदा हुदै छ । अर्को तर्फ नागरिकले समेत आफनो दायित्व बिर्सिएकाले पनि अवस्था बिग्रदो छ ।

नेपाली कांग्रेसका नेता प्रदीप गिरीले पाँच वर्षमा एक पटक भोट हालेर कानमा तेल हाल्ने नागरिक पनि बेथितिपूर्ण अवस्थाकोलागि जिम्मेवार भएको बताए । उनले भने हामी त पाँच वर्षमा एक पटक आउछौ मासु चिउरा ख्वाउछौ तपाई महान भन्छौ ढोग्छौ जान्छो त्यसो गर्दा तलव पनि पाएकै हुन्र्छा हामीलाई त राम्रै भएको छ तर जनतालाई राम्रो हुन सकेन । 


बिभिन्न समयका जनआन्दोलनको जनादेश तथा नेपालको सम्बिधानले समाजवादी शासन ब्यवस्थामा जाने प्रतिवद्धता जनाएपनि मुलुक त्यो दीशामा नबढेकोमा चिन्ता ब्यक्त गरिएको छ । नेपाली राज्यको चरित्र  दलाल नोकरशाही पूजीवाद रहेको छ । ब्यपार घाटा बढ्दो छ । नेपाली जनताको दैनीक जीवनमा दिनप्रति दिन समस्याहरु बढदै गइरहेका छन ।

यस्तोमा समाजवादी सिद्धान्त बोकेको सरकारले ति समस्याहरुलाई हल गर्ने ठोस नीति लिनु पर्नेमा    नेकपाका स्थायी समिति सदस्य घनश्याम भूषालको जोड थियो  । उनले भने सिमान्त श्रमजीवी बर्गको जीवनस्तर माथि उठनै पर्छ तव मात्र समाजवादको अनुभूती गर्ने दिन आउछ ।


नेपाल कृषि प्रधान देश भनिन्छ । कृषिमाथिको निर्भरता अझै पनि ६३ प्रतिशत रहेको छ । कृषि पेशालाई सम्मानीत पेशाको रुपमा पनि हेरिदैन । श्रमलाई सम्मान गर्ने संस्कृतिको पक्षधर कम्युनिष्टकै सरकार मुलुकमा हुदा समेत कृषि पेश सम्मानीत त भएन नै किसानले राज्यका तर्फबाट पाउनु पर्ने सुविधा समेत पाएनन ।

 

कृषिको आधुनीकीकरणको कुरा त परै जाओस । निर्वाहमुखी कृषिले अव आफूलाई पनि खान नपुग्ने अवस्था आएको छ । शिक्षामा त्यस्तै छ । एक पटक शिक्षकको नियुक्ति लिएपछि शिक्षकले पढन छोडने भएकोले शिक्षामा पनि गुणात्मक बिकास भएन । नेकपाका अर्का नेता रामकार्कीले किसानलाई प्रमाणपत्र जारी गर्ने र त्यसैलाई धरौटी राखेर पैसा दिने ब्यवस्था ल्याउनु पर्नेमा जोड दिए ।

 

उनले भने किसानको सहभागितामा किसानलागि जुन दिन नीति बन्छ त्यो दिन हामी समाजवाद तर्फ जादैछौ भनेर बुझ्दा हुन्छ । पाठशाला बीरगंज स्टडी सेन्टरका अध्यक्ष बालगोपाल थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा नेपाली कांग्रेस र समाजवादी पार्टीका पर्साका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा पाठशालाका उपाध्यक्ष बीरेन्द्र शाहले स्वागत गरेका थिए भने कार्यक्रमको संचालन सचिव के.सी.लामिछानेले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.