logo

बीरगंजमा समाजवादको बिषयमा गहन बहस ,दलाल नोकरशाही पूजीवादी चरित्र समाजवाद निर्माणको अवरोधक

      7/27/2019 गते 00 00 मा प्रकाशित     1936   पटक पढिएको

बिरगंज ११ साउन  । 

बि.पी कोइरालाको ३७ औ तथा ४१ औ पुष्पलाल स्मृति दिवसको सन्र्दभ पारेर बीरगंजमा नेपालमा समाजवाद एक बिमर्श बिमर्श बिषय गोष्ठी सम्पन्न भएको छ । पाठशाला बीरगंज स्टडी सेन्टरको आयोजनामा भएको कार्यक्रममा समाजवादका बिषयमा गम्भिर बिमर्श भयो । 


नेपालका शोषीत पीडित श्रमजीवी जनताको आर्थिक जीवनमा परिर्वतन नआउदा सम्म समाजवाद नआउनेमा वक्ताहरुले जोड दिए । 


उनीहरुले राज्यको दलाल दलाल नोकरशाही पूजीवादी चरित्र समाजवाद निर्माणको अवरोधक भएको बताए । समाजवाद प्रति प्रतिवद्ध सम्बिधान बनाएपनि मुलुकको राजनीतिले त्यो दिशा समात्न सकेन । राजनीति नेतृत्वले सिद्धान्त अनुसारको ब्यवहार देखाउन सकेन ।

सिद्धान्त र ब्यवहार वीचको बेमेलका कारण समस्या पैदा हुदै छ । अर्को तर्फ नागरिकले समेत आफनो दायित्व बिर्सिएकाले पनि अवस्था बिग्रदो छ ।

नेपाली कांग्रेसका नेता प्रदीप गिरीले पाँच वर्षमा एक पटक भोट हालेर कानमा तेल हाल्ने नागरिक पनि बेथितिपूर्ण अवस्थाकोलागि जिम्मेवार भएको बताए । उनले भने हामी त पाँच वर्षमा एक पटक आउछौ मासु चिउरा ख्वाउछौ तपाई महान भन्छौ ढोग्छौ जान्छो त्यसो गर्दा तलव पनि पाएकै हुन्र्छा हामीलाई त राम्रै भएको छ तर जनतालाई राम्रो हुन सकेन । 


बिभिन्न समयका जनआन्दोलनको जनादेश तथा नेपालको सम्बिधानले समाजवादी शासन ब्यवस्थामा जाने प्रतिवद्धता जनाएपनि मुलुक त्यो दीशामा नबढेकोमा चिन्ता ब्यक्त गरिएको छ । नेपाली राज्यको चरित्र  दलाल नोकरशाही पूजीवाद रहेको छ । ब्यपार घाटा बढ्दो छ । नेपाली जनताको दैनीक जीवनमा दिनप्रति दिन समस्याहरु बढदै गइरहेका छन ।

यस्तोमा समाजवादी सिद्धान्त बोकेको सरकारले ति समस्याहरुलाई हल गर्ने ठोस नीति लिनु पर्नेमा    नेकपाका स्थायी समिति सदस्य घनश्याम भूषालको जोड थियो  । उनले भने सिमान्त श्रमजीवी बर्गको जीवनस्तर माथि उठनै पर्छ तव मात्र समाजवादको अनुभूती गर्ने दिन आउछ ।


नेपाल कृषि प्रधान देश भनिन्छ । कृषिमाथिको निर्भरता अझै पनि ६३ प्रतिशत रहेको छ । कृषि पेशालाई सम्मानीत पेशाको रुपमा पनि हेरिदैन । श्रमलाई सम्मान गर्ने संस्कृतिको पक्षधर कम्युनिष्टकै सरकार मुलुकमा हुदा समेत कृषि पेश सम्मानीत त भएन नै किसानले राज्यका तर्फबाट पाउनु पर्ने सुविधा समेत पाएनन ।

 

कृषिको आधुनीकीकरणको कुरा त परै जाओस । निर्वाहमुखी कृषिले अव आफूलाई पनि खान नपुग्ने अवस्था आएको छ । शिक्षामा त्यस्तै छ । एक पटक शिक्षकको नियुक्ति लिएपछि शिक्षकले पढन छोडने भएकोले शिक्षामा पनि गुणात्मक बिकास भएन । नेकपाका अर्का नेता रामकार्कीले किसानलाई प्रमाणपत्र जारी गर्ने र त्यसैलाई धरौटी राखेर पैसा दिने ब्यवस्था ल्याउनु पर्नेमा जोड दिए ।

 

उनले भने किसानको सहभागितामा किसानलागि जुन दिन नीति बन्छ त्यो दिन हामी समाजवाद तर्फ जादैछौ भनेर बुझ्दा हुन्छ । पाठशाला बीरगंज स्टडी सेन्टरका अध्यक्ष बालगोपाल थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा नेपाली कांग्रेस र समाजवादी पार्टीका पर्साका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा पाठशालाका उपाध्यक्ष बीरेन्द्र शाहले स्वागत गरेका थिए भने कार्यक्रमको संचालन सचिव के.सी.लामिछानेले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.