logo

प्रधानंमंत्रीलाई नेकपा पर्साको ज्ञापन प्राकृतिक बिपद ब्यवस्थापन प्राधिकरण गठन गर्न माँग

      7/30/2019 गते 00 00 मा प्रकाशित     1211   पटक पढिएको

बीरगंज १४ साउन । नेकपा पर्साले तराई मधेस क्षेत्रमा आउने प्राकृतिक विपदबाट बच्न पूर्वतयारीका लागि काम गर्न अधिकार सम्पन्न “प्राकृतिक बिपद ब्यवस्थापन प्राधिकरण” गठन गर्न माग गरेको छ ।


 पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्राईमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माँग गरेको हो ।नेपाल कम्युनिस्ट पार्टी पर्साले बाढी तथा डुवान प्रभावितलाई तत्काल राहत वितरण गर्न पनि माग गरेको छ ।


पार्टीका जिल्ला अध्यक्ष प्रभु हजराको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय गएको नेता कार्यकर्ताहरुको टोलीले ज्ञापन पत्र बुझाउदै राहत तथा उद्धारमा सरकारलाई समयमै चासो दिन आग्ह गरेको छ । 

ज्ञापन पत्रमा पछिल्लो बाढीका कारण डुवानमा परेका परिवारलाई तत्काल सक्दो राहत उपलब्ध गराउन माग गर्नुको साथै १५ वटा बुँदामार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।

 

अबिरल वर्षापछि आएको भीषण बाढीबाट पर्सा जिल्लामा भएको धनजनको क्षतिप्रति गम्भीर नेकपा पर्साको गम्भीर ध्यानाकर्षण भएको बताउँदै ज्ञापनपत्रमा तत्काल संघीय सरकारको ध्यान जाओस भन्ने माग गरिएको छ ।

 

‘विपदबाट तीनजनाको दुःखद मृत्यु हुनुको साथै वीरगञ्ज महानगरपालिकाको झण्डै आधा भूभाग, पोखरिया, छिपहरमाई, कालिकामाई, पकाहामैनपुर, जगरनाथपुर, ठोरी, जिराभवानी लगायतका पालिका डुबानमा पर्दा करोडौंको भौतिक संरचनाहरु ध्वस्त भएको र कृषि क्षेत्रमा ठूलो क्षति भएको छ । मानवीय कार्यमा कुनै पक्षपात र भेदभाव नगरी राहत वितरण हुनुपर्छ,’ ज्ञापनपत्रमा भनिएको छ ।


ज्ञापन पत्रमा प्रदेश दुई सरकार र विभिन्न तहबाट त्यस्ता खाले भेदभावपूर्ण ब्यबहार प्रदर्शन भएको बताउँदै त्यसलाई रोक्न आग्रह समेत गरेको छ ।

पर्साका बिभिन्न स्थानमा भएको क्षतीको यथार्थ तथ्याङक संकलन गर्नुपर्ने, मृतक परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, घाइतेको निशुल्क उपचार हुनुपर्ने,  पक्षपातरहित राहत वितरण गर्नुपर्ने, चुरे संरक्षणका लागि वैज्ञानिक तरिका अपनाउन, सीमावर्ती क्षेत्रमा निर्माण भएको बाँधका बारे दीर्घकालीन समाधान खोज्न, किसानलाई ऋण मिनाहा, मल खाद्यमा राहत, वीरगञ्ज महानगरमा निर्माण भएको ढकको संरचनामा उठेको प्राबिधिक सवालको छानवीन गर्न र नदी नियन्त्रणको उचित कदम चाल्न ज्ञापनपत्रमा माग गरिएको छ ।

ज्ञापन पत्र बुझ्दै पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले बिपदका कारण कुनै नागरिक भोकै खुला आकास मुनी बस्न नपरोस भनी जिल्लामा आवश्यक सतर्कता अपनाइएको बताए । उनले ज्ञापन पत्र सम्बन्धीत निकायमा पु¥याउने प्रतिवद्धता समेत जनाए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.