logo

प्रदेश २ को पर्यटन प्रवद्र्धनमा पर्यटन व्यवसायी र उद्योगी सक्रिय हुदै 

      8/11/2019 गते 00 00 मा प्रकाशित     1242   पटक पढिएको

वीरगन्ज, २७ साउन । प्रदेश नम्बर २ को आर्थिक विकासको प्रमुख आधारको रुपमा लिईएको पर्यटन पर्वद्धन गर्न निजीक्षेत्र सक्रिय भएका छन् । आर्थिक तथा औद्योगिक सहर वीरगन्जबाट पर्यटन प्रवद्र्धनको शुरुवात गरी प्रदेश २ मा नै पर्यटनको विकास गरी आर्थिक समृद्धिमा लैजाने उद्देश्यले यो पहल शुरु गरिएको हो ।

वीरगन्ज उद्योग वाणिज्य संघ र होटल तथा पर्यटन व्यवसायी संघ पर्साले पर्यटन प्रर्वद्धनका लागि नेपाल चलचित्र विकास बोर्ड र चलचित्र निर्माता संघको सहआयोजनामा वीरगन्जमा असोज १ गतेदेखि ३ गते सम्म नेपाल चलचित्र महोत्सवको आयोजना गर्ने भएको छ ।

आर्थिक विकासको प्रमुख आधारहरु मध्य पर्यटन क्षेत्रबाट पनि प्रदेश नम्बर २ को आर्थिक विकास गर्न सकिने प्रचुर सम्भावना भएकोले त्यसलाई प्रवद्र्धन गर्नका लागि प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतसँग आईतबार वीरगन्ज उद्योग वाणिज्य संघले छलफल गरेको छ ।

वीरगंज उद्योग वाणिज्य संघको सहकार्य एवम होटेल तथा पर्यटन व्यवसायी संघ बिरगंजको सहयोगमा आन्तरिक तथा बाह्य पर्यटन प्रबर्द्धनका लागि वीरगन्जमा राष्ट्रिय चलचित्र महोत्सव आयोजना गर्ने तयारी गरेको छ । वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया, होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्त, नेपाल चलचित्र निर्माता संघ र चलचित्र विकास बोर्डका पदाधिकारीहरुबीच पनि आईतबार छलफल भएको छ ।

निजीक्षेत्रको पहलमा चलचित्र निर्माता संघ र चलचित्र विकास बोर्डको सहआयोजनामा वीरगन्जमा पहिलो पटक आयोजना हुने महोत्सवले प्रदेश नम्बर २ को मौलिक भाषा, संस्कृतिको पनि प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ । वीरगन्जको आदर्शनगर रंगशालामा हुन लागेको चलचित्र महोत्सवमा राष्ट्रिय तथा स्थानीय स्तरका झाँकी, विभिन्न समुदायका भेषभूषा तथा संस्कृति झल्किने चलचित्र तथा पोशाकहरुको पनि प्रदर्शनी हुने भएकोले यो महोत्सव पर्यटन प्रवद्र्धनका लागि कोसेढुङ्गा साबित हुने होटल तथा पर्यटन व्यावसायी संघ पर्साका अध्यक्ष हरि पन्तले बताए ।

पछिल्लो समयमा वीरगन्ज लगायतका आसपासमा रहेका विभिन्न धार्मिक पर्यटकीय स्थलहरु नेपाली तथा भोजपूरी र हिन्दी चलचित्रको छायांकन स्थलको केन्द्र बन्दै गएकोले पनि यहाँ चलचित्र महोत्सव सफल हुने पन्तको दावी छ । हिमाल पहाड तराई सबैको अपन्त्व महशुस हुने यो महोत्सब सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको पनि होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष पन्तको भनाई छ ।

प्रदेश नम्बर २ मा बढी प्रचलनमा रहेको भाषा मध्य भोजपूरी, मैथली र बज्जिका भाषाका चलचित्र र नेपाली चलचित्रहरु मात्रै नभई माध्यम भाषाको रुपमा रहेको हिन्दी चलचित्रहरु पनि धेरै छायांकन भएको प्रदेश नम्बर २ का विभिन्न स्थलहरुको पहिचान स्थापित गर्नलाई पनि राष्ट्रिय फिल्म महोत्सव महत्वपूर्ण हुने वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले बताए ।

पहिलो पटक नै हुन लागेको महोत्सवले स्थानीय लोक संस्कृति, भाषा, भेषभूषाको पनि प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ । चलचित्र महोत्सवले वीरगन्जको आन्तरिक मात्रै नभई बाह्य पर्यटनमा टेवा पुग्ने विश्वास निजीक्षेत्रको रहेको छ । यसअघि औद्योगिक व्यापार मेलाहरुमा मात्रै सांस्कृतिक कार्यक्रमहरु हुदै आएकोमा अब चलचित्र महोत्सव नै हुने भएपछि यसले सबै क्षेत्रको आर्थिक गतविधिलाई चलायमान बनाउने र प्रदेश तथा राष्ट्रको नै अर्थतन्त्रमा सुधार ल्याउन सकिने सम्भावना रहेको व्यवसायीहरु बताउछन् ।

प्रदेश नम्बर २ मा ऐतिहासिक, धार्मिक तथा रमयणीय पर्यटकीय स्थलहरु पनि रहेकोले समग्रमा यसको प्रवद्र्धन गर्न सके प्रदेश २ को आर्थिक समृद्धि सहज रुपमा हासिल गर्न सकिने संभावनाहरु रहेका छन् । पछिल्लो पटक निजीक्षेत्रको सक्रियताले पनि यहाँको पर्यटन प्रवद्र्धनमा अझ बढी महत्वपूर्ण भूमिका खेल्ने देखिएको छ । खासगरी यसक्षेत्रमा नै छायांकन गरिएको   भोजपुरी भाषाका चर्चित चलचित्रहरु र नेपाली भाषाका चलचित्रहरुको प्रदर्शनीपछि बजार राम्रो पाएकोले पनि चलचित्र महोत्सव सफल हुनेमा वीरगन्जका पर्यटन व्यवसायीहरु आशावादी रहेका छन् ।  
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.