वीरगन्ज ६ भदौ । वीरगन्जबाट नक्कली भारु नोटसहित पक्राउ परेका दुईजनालाई पर्सा प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनीक गरेको छ।
पक्राउ पर्नेहरुमा पर्साको बहुदरमाइ नगरपालिका २ बैरिया विर्ता घर भएका ३४ वर्षीय दिलिप साह र वीरगन्ज महानगरपालिका २ छपकैयाका ४८ वर्षीय जमील अख्तर रहेका छन्।
उनीहरुको साथबाट दुई हजार दरका नक्कली भारु नोट ९५ थान अर्थात् १ लाख ९० हजार बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।
वीरगन्जबाट रक्सौल पैदल जाँदै गरेका दुवैजनालाई वीरगन्ज १६ इदगाह चोकमा प्रहरीले शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट दुई हजार दरको ९५ थान नक्कली भारु नोट बरामद गरेको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए।
तपाईको प्रतिक्रिया