बीरगंजै १८ भदौ ।
हिजो राती वीरगञ्जमा प्रहरीले गोली चलाएको छ । नियमित जाँचका क्रममा प्रहरीलाई हतियार देखाई भाग्न खोज्नेलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो पर्साका प्रहरी नायव उपरिक्ष गौतम थापाले बताए ।
वीरगञ्ज महानगरपालिका वडा नं. १६ राधेमाईमा प्रहरीले नियमित चेकजाँच गर्दै थियो । शंका लागेमा पैदल हिडनेलाई पनि चेकजाँच गरिन्छ जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नयव उपक्षिाक गौतक थापाले भने “चेकजाँच कै क्रममा प्रहरीलाई हतियार देखाई छलेर भाग्न खोज्दा गोली हान्नु प¥यो ।
प्रहरीले बीरगंज महानगरपालिका वडा नं १६ का ३४ वर्षिय सन्तोष दासलाई दायाँ खुटामा गोली प्रहार गरी नियन्त्रणमा लिएको हो । उनको साथ बाट एउटा पेस्तोल र १७ राउण्ड गोली पनि बरामद भएको छ । घाइते दासको प्रहरी निगरानीमा वीरगञ्ज नारायणी अस्पतालमा उपचार भइरहेको छ ।उनका बारेमा थप अनुसन्धान भइरहेको डिएसपी थापाले
तपाईको प्रतिक्रिया