logo

टर्नाडो पीडित नागरिकलाई ,घर गृहप्रवेशको पूजा हुदै ,छुटेका घर बनाईने कार्यवाहक प्रमंको प्रतिवद्धता

      9/4/2019 गते 00 00 मा प्रकाशित     983   पटक पढिएको

वीरगन्ज १८ भदौ । टर्नाडो प्रभावित बारा पर्साका ८ सय ६९ घरधुरीले नेपाली सेनाले बनाईदिएको घर पाएका छन । बुधवार बीरगंजको होटेल भिषूवामा एक भब्य समारोहकाविच कार्यवाहक प्रधानमंत्री इश्वर पोख्रोलले घर हस्तान्तरण गरेका हुन ।

 

कार्यवाहक प्रम तथा रक्षामत्रंी पोख्रेलले प्रदेश २ का मुख्यमंत्री लालबाबु राउतलाई घर हस्तान्तरण गरेका थिए । मुख्यमंत्री राउतले स्थानीय तहका प्रमुखहरु मार्फत घर हस्तान्तरण गरेका हुन । उनले स्थानीय तहका प्रमुखलाई घर र पाउने नागरिकको प्रमाणपत्र उपलब्ध गराएका थिए । 

वीरगञ्जमा आयोजित कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई नमूना घर हस्तान्तरण गरे । लगत्तै पोखरेलले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र राउतले सम्बन्धित स्थानीय सरकार प्रमुखलाई नमूना घर हस्तान्तरण गरेका हुन् ।

नेपाली सेनाको जनता आवास निर्माण कार्यदलका कमाण्डर विनयविक्रम राणाका अनुसार ०७५ चैत १७ गते आएको हावाहुरीबाट प्रभावितहरू नयाँ घरमा बस्न थालिसकेका छन् ।


सेनाले वर्षायामअघि नै घर निर्माण सक्ने लक्ष्य राखेको थियो । तर अविरल वर्षा, निर्माण सामग्रीको अभाव र विवादित घरहरुका कारण काम केही ढिला भएको बताएको छ ।

लागत ११ प्रतिशत बचत

सेनाले जनता आवासको डिजाईन अनुसार दुई कोठा एक भान्सा घर र एक शौचालयसहितको घर निर्माण गरेकोे हो । सरकारले प्रती घर पाँच लाख ४५ हजार नौ सय ८५ रुपयाँ ८८ पैसाका दरले रकम निकासा गरेको थियो । सोही परिधिभित्र रहेर प्राप्त डिजाईन अनुसार कम लागतमा आकर्षक घर निर्माण गर्ने योजना बनाएको सेनाले सरकारले तोकेको रकममा समेत ११.१९ प्रतिशत बचत गर्न सफल भएको छ । कन्टिन्जेन्सी र निर्माण समाग्रीबाट प्रति घरमा ६१ हजार ९७ रुपयाँ २५ पैसा बचत भएको राणाले जानकारी दिए। उनका अनुसार प्रती घर निर्माणमा जम्मा चार लाख ८४ हजार आठ सय ८८ रुपयाँ खर्च भएको छ ।

घर भूकम्प प्रतिरोधक

हुरीले घरबारबिहिन भएकाहरुको पुनर्वासका लागी बनाएका घर भूकम्प प्रतिरोधी रहेको छ ।   । उत्कृष्ट निर्माण सामाग्री प्रयोगबाट प्राकृतीक प्रकोप प्रतिरोधी, वातावरणमैत्री र आकर्षक डिजाईनमा घर निर्माण गरिएको राणाले  बताए ।

घर निर्माणमा काठको प्रयोग नभएकोले काठको बचत भएको छ । घर हावाहुरी तथा आगलगीको कम जोखिममा रहेको राणाल बताए  अबिरल वर्षाले असर नगर्ने, सजिलै आगो नलाग्ने र तराईको गर्मिबाट नतात्ने किसिमका रहेको राणाले घरहरुको खपत अवधी ५० बर्ष रहने बताए ।

त्यसैगरी बन बिनास नगरी पर्यावरण जोगाउने उद्देश्यले युपीभिसीका झ्याल ढोका प्रयोग गरेर घर निर्माण गरिएको उनले बताए ।

छुटेकाको घर बनाउने कार्यवाहक प्रमको प्रतिवद्धता

बाराको परवानिपुर, प्रसौनी र फेटा लगायत क्षेत्रका हुरी पीडित दर्जनौ घर निर्माण हुन नसकेको भन्दै कार्यबाहक प्रधानमन्त्री तथा रक्षा मन्त्री पोखरेलको ध्यानाकर्षण गराईएको छ ।

नेपाल कम्यूनिष्ट पार्टी ९नेकपा० बाराका सचिव सुन्दर बिक नेकपा नेता अमर यादव, उमेश कुशवाह, अनिल कुशवाहा, राम पाल यादव परवानिपुर गाउँ पालिका वडा ४ अध्यक्ष गजेन्द्र पटेल मन्त्रालय पुगेर छुटेको घर निर्माणबारेमा मन्त्रीसंग छलफल गरेका थिए । आज पनि नेकपाका नेताहरुले छुटेका घरहरुको बिषयमा कार्यवाहक प्रधानमंत्रीको ध्यानाकर्षण गराएका थिए । जवाफमा कार्यवाहक प्रधानमंत्री पोखरेलले स्थानीय जनप्रतिनिधि मार्फत जिल्ला प्रशासन कार्यालय हुदै कुरा अगाडि बढाउन सुझाव दिए । उनले छुटेका घरहरु बनाउनेकाममा सरकारले निर्णय गर्ने प्रतिवद्धता जनाएका छन । 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

संचारमन्त्री लेखीलाई पदीय मर्यादामा बसेर अभिब्यक्ति दिन पत्रकार महासंघ मधेशको सुझाव

वीरगंज । नेपाल पत्रकार महासंघ मधेश प्रदेशले मधेश सरकारका गृह, संचार तथा कानून मन्त्री राजकुमार लेखीका हालैका अभिब्यक्तिप्रति गम्भिर असहमती प्रकट गरेको छ ।

नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छः उपाध्यक्ष घिमिरे

काठमाण्डौ ।  राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले नागरिकता ऐन २०६३ को संशोधन विद्येयकलाई आवश्यक सुधार गरेर पारित गर्न सकिने धारणा ब्यक्त गरेकी छिन ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.