logo

टर्नाडो पीडित नागरिकलाई ,घर गृहप्रवेशको पूजा हुदै ,छुटेका घर बनाईने कार्यवाहक प्रमंको प्रतिवद्धता

      9/4/2019 गते 00 00 मा प्रकाशित     1155   पटक पढिएको

वीरगन्ज १८ भदौ । टर्नाडो प्रभावित बारा पर्साका ८ सय ६९ घरधुरीले नेपाली सेनाले बनाईदिएको घर पाएका छन । बुधवार बीरगंजको होटेल भिषूवामा एक भब्य समारोहकाविच कार्यवाहक प्रधानमंत्री इश्वर पोख्रोलले घर हस्तान्तरण गरेका हुन ।

 

कार्यवाहक प्रम तथा रक्षामत्रंी पोख्रेलले प्रदेश २ का मुख्यमंत्री लालबाबु राउतलाई घर हस्तान्तरण गरेका थिए । मुख्यमंत्री राउतले स्थानीय तहका प्रमुखहरु मार्फत घर हस्तान्तरण गरेका हुन । उनले स्थानीय तहका प्रमुखलाई घर र पाउने नागरिकको प्रमाणपत्र उपलब्ध गराएका थिए । 

वीरगञ्जमा आयोजित कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई नमूना घर हस्तान्तरण गरे । लगत्तै पोखरेलले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र राउतले सम्बन्धित स्थानीय सरकार प्रमुखलाई नमूना घर हस्तान्तरण गरेका हुन् ।

नेपाली सेनाको जनता आवास निर्माण कार्यदलका कमाण्डर विनयविक्रम राणाका अनुसार ०७५ चैत १७ गते आएको हावाहुरीबाट प्रभावितहरू नयाँ घरमा बस्न थालिसकेका छन् ।


सेनाले वर्षायामअघि नै घर निर्माण सक्ने लक्ष्य राखेको थियो । तर अविरल वर्षा, निर्माण सामग्रीको अभाव र विवादित घरहरुका कारण काम केही ढिला भएको बताएको छ ।

लागत ११ प्रतिशत बचत

सेनाले जनता आवासको डिजाईन अनुसार दुई कोठा एक भान्सा घर र एक शौचालयसहितको घर निर्माण गरेकोे हो । सरकारले प्रती घर पाँच लाख ४५ हजार नौ सय ८५ रुपयाँ ८८ पैसाका दरले रकम निकासा गरेको थियो । सोही परिधिभित्र रहेर प्राप्त डिजाईन अनुसार कम लागतमा आकर्षक घर निर्माण गर्ने योजना बनाएको सेनाले सरकारले तोकेको रकममा समेत ११.१९ प्रतिशत बचत गर्न सफल भएको छ । कन्टिन्जेन्सी र निर्माण समाग्रीबाट प्रति घरमा ६१ हजार ९७ रुपयाँ २५ पैसा बचत भएको राणाले जानकारी दिए। उनका अनुसार प्रती घर निर्माणमा जम्मा चार लाख ८४ हजार आठ सय ८८ रुपयाँ खर्च भएको छ ।

घर भूकम्प प्रतिरोधक

हुरीले घरबारबिहिन भएकाहरुको पुनर्वासका लागी बनाएका घर भूकम्प प्रतिरोधी रहेको छ ।   । उत्कृष्ट निर्माण सामाग्री प्रयोगबाट प्राकृतीक प्रकोप प्रतिरोधी, वातावरणमैत्री र आकर्षक डिजाईनमा घर निर्माण गरिएको राणाले  बताए ।

घर निर्माणमा काठको प्रयोग नभएकोले काठको बचत भएको छ । घर हावाहुरी तथा आगलगीको कम जोखिममा रहेको राणाल बताए  अबिरल वर्षाले असर नगर्ने, सजिलै आगो नलाग्ने र तराईको गर्मिबाट नतात्ने किसिमका रहेको राणाले घरहरुको खपत अवधी ५० बर्ष रहने बताए ।

त्यसैगरी बन बिनास नगरी पर्यावरण जोगाउने उद्देश्यले युपीभिसीका झ्याल ढोका प्रयोग गरेर घर निर्माण गरिएको उनले बताए ।

छुटेकाको घर बनाउने कार्यवाहक प्रमको प्रतिवद्धता

बाराको परवानिपुर, प्रसौनी र फेटा लगायत क्षेत्रका हुरी पीडित दर्जनौ घर निर्माण हुन नसकेको भन्दै कार्यबाहक प्रधानमन्त्री तथा रक्षा मन्त्री पोखरेलको ध्यानाकर्षण गराईएको छ ।

नेपाल कम्यूनिष्ट पार्टी ९नेकपा० बाराका सचिव सुन्दर बिक नेकपा नेता अमर यादव, उमेश कुशवाह, अनिल कुशवाहा, राम पाल यादव परवानिपुर गाउँ पालिका वडा ४ अध्यक्ष गजेन्द्र पटेल मन्त्रालय पुगेर छुटेको घर निर्माणबारेमा मन्त्रीसंग छलफल गरेका थिए । आज पनि नेकपाका नेताहरुले छुटेका घरहरुको बिषयमा कार्यवाहक प्रधानमंत्रीको ध्यानाकर्षण गराएका थिए । जवाफमा कार्यवाहक प्रधानमंत्री पोखरेलले स्थानीय जनप्रतिनिधि मार्फत जिल्ला प्रशासन कार्यालय हुदै कुरा अगाडि बढाउन सुझाव दिए । उनले छुटेका घरहरु बनाउनेकाममा सरकारले निर्णय गर्ने प्रतिवद्धता जनाएका छन । 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.