logo

एवीसीको ११ ओ वर्षिकोत्सव, मध्यतराईको  शिक्षा स्वास्थ्य र कृषिका बिषयमा गम्भिर बहस

      9/28/2019 गते 00 00 मा प्रकाशित     966   पटक पढिएको

वीरगंज,११ असोज । वीरगंजको कृषि, शिक्षा र स्वास्थ्यको विषयमा राज्य निजी क्षेत्र गम्भीर बन्नुपर्ने सरोकारवालाहरुले बताएका छन् ।

एबी सी न्यूज टेलिभिजनको ११ औ वार्षिक उत्सवको अवसरमा बीरगंजमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले यस्तो बताएका हुन ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै एविसी टेलीभिजनका अध्यक्ष शहुभशंकर कडेलले  मुलुकमा राजनीतिक स्थायीत्व भएकोले अब विकासको कार्यक्रम जनताले अनुभूति गर्ने खालको हुनुपर्ने बताए।

 

एविसी न्यूज टेलिभिजनले जनताको हकहित र अधिकारको लागी प्रतिबद्ध रहेको उनले बताए ।

वीरगंज आर्थिक राजधानीको  रुपमा रहेपनि  यस क्षेत्रको कृषि शिक्षा र स्वास्थ्यको अवस्थामा सुधार नभएको कार्यक्रमका वक्ताहरुले  बताएका छन् ।

 

सुक्खा बन्दरगाहको रुपले चिनिने वीरगंज अधिक संभावना भएपनि लाखौ युवा विदेशमा पसिना बगाउन बाध्य छन् । स्वास्थ्य सेवाको अवस्थामा दयनीय भएकोले राज्यले सम्बोधन गर्नुपर्ने नेकपा वीरगंज महानगरपालिकाका का अध्यक्ष रहबर अन्सारीले बताए ।

 

नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लामिछानेले देशको विकासको लागि शिक्षा स्वस्था अनिवार्य रहेकोले यसको विकास महत्वपूर्ण रहेको  बताए । उनले शिक्षा स्वास्थ्य कृषि मौलीक अधिकार भएपनि त्यसलाई प्रत्याभूती दिन सरकार असफल भएको बताए ।

 

बिकासकालागि सुशासन पहिलो शर्त भएको बताउदै उनले नेपालको कर्मचारी प्रशासन संयन्त्रले हाजीर गरेबापत तलव खाने गरेको र काम गरे वापत घुस खाने गरेको मानक स्थापित हुदै गएको प्रति चिन्ता ब्यक्त गरे ।

शिक्षा स्वस्था र कुषि क्षेत्रमा भएको विचौलीएको अन्त्य गर्नु पर्ने र अयात भन्दा निर्यात बढाउन पर्नेमा बीरगंज उधोग वणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुवोध गुप्ताको जोड थियो ।

 

 कार्यक्रममा राजपाका महासचिव शिव पटेलले  मधेशका नाममा आएका राजनीतिक दलहरु पनि जसका बिरुद्ध लडेका थिए त्यो भन्दा फरक हुन नसकेकोमा चिन्ता ब्यक्त गरे । उनले कसलाई भन्ने भन्दै नागरिक प्रति जिम्मेवारी जवाफदेह हुन नसकिएको प्रष्ट पारे ।


कार्यक्रममा नेकपा पर्साका अध्यक्ष प्रभू हजराले बीरगंको बिकासकालागि आफनो पार्टीले भूमिका निर्वाह गर्ने बताउदै त्रिभून राजपथको बिषयमा अव बीरगंजलाई अनिर्णयको बन्दी बनाउन नहुने र बर्तमान सरकारले  बिकासको बाटो खोल्ने बताए । 


एबीसी टेलीभिजनका बीरगंज ब्यूरो प्रमुख शेखर छत्कुलीले संचालन गरेको कार्यक्रममा समग्र उधोग टे«ड युनीयनका केन्द्रीय सदस्य गीता भण्डारी लगायतले मन्तब्य ब्यत्त गरेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

संचारमन्त्री लेखीलाई पदीय मर्यादामा बसेर अभिब्यक्ति दिन पत्रकार महासंघ मधेशको सुझाव

वीरगंज । नेपाल पत्रकार महासंघ मधेश प्रदेशले मधेश सरकारका गृह, संचार तथा कानून मन्त्री राजकुमार लेखीका हालैका अभिब्यक्तिप्रति गम्भिर असहमती प्रकट गरेको छ ।

नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छः उपाध्यक्ष घिमिरे

काठमाण्डौ ।  राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले नागरिकता ऐन २०६३ को संशोधन विद्येयकलाई आवश्यक सुधार गरेर पारित गर्न सकिने धारणा ब्यक्त गरेकी छिन ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.