logo

एवीसीको ११ ओ वर्षिकोत्सव, मध्यतराईको  शिक्षा स्वास्थ्य र कृषिका बिषयमा गम्भिर बहस

      9/28/2019 गते 00 00 मा प्रकाशित     1153   पटक पढिएको

वीरगंज,११ असोज । वीरगंजको कृषि, शिक्षा र स्वास्थ्यको विषयमा राज्य निजी क्षेत्र गम्भीर बन्नुपर्ने सरोकारवालाहरुले बताएका छन् ।

एबी सी न्यूज टेलिभिजनको ११ औ वार्षिक उत्सवको अवसरमा बीरगंजमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले यस्तो बताएका हुन ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै एविसी टेलीभिजनका अध्यक्ष शहुभशंकर कडेलले  मुलुकमा राजनीतिक स्थायीत्व भएकोले अब विकासको कार्यक्रम जनताले अनुभूति गर्ने खालको हुनुपर्ने बताए।

 

एविसी न्यूज टेलिभिजनले जनताको हकहित र अधिकारको लागी प्रतिबद्ध रहेको उनले बताए ।

वीरगंज आर्थिक राजधानीको  रुपमा रहेपनि  यस क्षेत्रको कृषि शिक्षा र स्वास्थ्यको अवस्थामा सुधार नभएको कार्यक्रमका वक्ताहरुले  बताएका छन् ।

 

सुक्खा बन्दरगाहको रुपले चिनिने वीरगंज अधिक संभावना भएपनि लाखौ युवा विदेशमा पसिना बगाउन बाध्य छन् । स्वास्थ्य सेवाको अवस्थामा दयनीय भएकोले राज्यले सम्बोधन गर्नुपर्ने नेकपा वीरगंज महानगरपालिकाका का अध्यक्ष रहबर अन्सारीले बताए ।

 

नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लामिछानेले देशको विकासको लागि शिक्षा स्वस्था अनिवार्य रहेकोले यसको विकास महत्वपूर्ण रहेको  बताए । उनले शिक्षा स्वास्थ्य कृषि मौलीक अधिकार भएपनि त्यसलाई प्रत्याभूती दिन सरकार असफल भएको बताए ।

 

बिकासकालागि सुशासन पहिलो शर्त भएको बताउदै उनले नेपालको कर्मचारी प्रशासन संयन्त्रले हाजीर गरेबापत तलव खाने गरेको र काम गरे वापत घुस खाने गरेको मानक स्थापित हुदै गएको प्रति चिन्ता ब्यक्त गरे ।

शिक्षा स्वस्था र कुषि क्षेत्रमा भएको विचौलीएको अन्त्य गर्नु पर्ने र अयात भन्दा निर्यात बढाउन पर्नेमा बीरगंज उधोग वणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुवोध गुप्ताको जोड थियो ।

 

 कार्यक्रममा राजपाका महासचिव शिव पटेलले  मधेशका नाममा आएका राजनीतिक दलहरु पनि जसका बिरुद्ध लडेका थिए त्यो भन्दा फरक हुन नसकेकोमा चिन्ता ब्यक्त गरे । उनले कसलाई भन्ने भन्दै नागरिक प्रति जिम्मेवारी जवाफदेह हुन नसकिएको प्रष्ट पारे ।


कार्यक्रममा नेकपा पर्साका अध्यक्ष प्रभू हजराले बीरगंको बिकासकालागि आफनो पार्टीले भूमिका निर्वाह गर्ने बताउदै त्रिभून राजपथको बिषयमा अव बीरगंजलाई अनिर्णयको बन्दी बनाउन नहुने र बर्तमान सरकारले  बिकासको बाटो खोल्ने बताए । 


एबीसी टेलीभिजनका बीरगंज ब्यूरो प्रमुख शेखर छत्कुलीले संचालन गरेको कार्यक्रममा समग्र उधोग टे«ड युनीयनका केन्द्रीय सदस्य गीता भण्डारी लगायतले मन्तब्य ब्यत्त गरेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.